Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

टोकियो – विश्व नेपाली साहित्य महासंघ (विनेसाम) केन्द्रिय समितिले सरस्वती पूजाको अवसर पारेर सिर्जना वाचनसहित ई-बैठक सम्पन्न गर्‍यो ।

वेलायतबाट बलदेव भट्ट, मुरारीराज शर्मा, सुरेशजङ शाह, रसियाबाट डा. मधुकृष्ण श्रेष्ठ, मलेशियाबाट दीप दर्शन, थाइल्याण्डबाट खगेन्द्र लिम्बु, कतारबाट राजेश रुम्बा, सागर अजनबी, पोर्चुगलबाट भिम के.सी., जापानबाट तिलक मल्ल, बेल्जियमबाट विमल गिरी, नेपालबाट विश्वविमोहन श्रेष्ठ, आनन्द श्रेष्ठ, मोहन राई परदेशी, भारतबाट दीप कार्की, ब्रुनाईबाट विश्वासदीप तिगेला लगायत डेढ दर्जन स्रष्टाहरुले पालैपालो आ-आफ्नो सिर्जना बाचन गरेका थिए ।

सिर्जना वाचनको कार्यक्रम सम्पन्न पछि साहित्य महासंघको नियमित इ-बैठक जापानमा रहनु भएका उपाध्यक्ष तिलक मल्लको अध्यक्षतामा बसेको थियो ।

बैठकले पुरस्कार तथा सम्मान ब्यवस्थापन कार्यदलले प्रस्तुत गरेको कार्यपत्रलाई परिमार्जनसहित पारित गर्दै साहित्य महासंघले नगद रु ५० हजार रुपैयाको स्रष्टा पुरस्कार तथा रु २५ हजार राशीको सम्मान र भाषाभाषी साहित्य पुरस्कार नगद रु १० हजार राशीको प्रत्येक एक कार्यकालमा प्रदान गर्ने निर्णय गर्‍यो साथै विश्वभरका महासंघको शाखाहरु र आबद्ध संस्थाहरुमध्येबाट बर्षको उत्कृष्ट साहित्यिक संस्था प्रत्येक बर्षको जुलाईमा घोषणा गर्ने पनि निर्णय गर्‍यो ।

बैठकले भर्खरै निर्माण भएको विश्व नेपाली साहित्य महासंघ, इजरायल शाखालाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्‍यो । साहित्य महासंघको १२ वटा मुलुकमा १३ वटा शाखाहरु निर्माण भएका छन् । त्यस्तै गरि बैठकले मलेशिया शाखालाई पूर्नगठन तथा नेतृत्वको लागि केन्द्रिय सदस्य जीवन देवानलाई जिम्मेवारी तोकेको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया