Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025
नेपालगन्ज- संवैधानिक समितिको बैठक छाडेर कार्यकर्ता प्रशिक्षण दिन आएका प्रधान मन्त्री बाबुराम भट्टराईलाई कोहलपुरमा विद्यार्थीले कालो झण्डा देखाई प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले  पिपलचौतारादेखि साझा चोकसम्म यसरी विरोध गरेका हुन् ।
कालो झण्डा देखाउने क्रममा प्रहरीले नेपाल विद्यार्थी सङ्घ  जिल्ला अध्यक्ष प्रकाश सिग्देल, अनेरास्ववियु (अखिल) जिल्ला अध्यक्ष एवम् बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका स्ववियु सभापति सूर्यबहादुर रोकाय, अनेरास्ववियु नगर कमिटी सचिव जनक पुन र नेविसङ्घ इकाई सदस्य केशव वलीलाई पक्राउ गरेको छ ।  त्यस्तै पक्राउ गर्ने क्रममा प्रहरीको लाठीले नेविसङ्घका भोलानाथ शर्मा, आशीष काफ्ले, स्ववियु सचिव टङ्कप्रसाद काफ्लेलगायतका विद्यार्थी सामान्य घाइते भएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन बागेश्वरी क्याम्पस कोहलपुरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कालो झण्डा देखाउने क्रममा प्रहरीको कुटपिटबाट घाइते भएका विद्यार्थीलाई उचित औषधी उपचारको व्यवस्था र पक्राउ गरिएका विद्यार्थीलाई तुरुन्त रिहाईको माग गरेको छ । माग पूरा नभए विरोधको कडा कदम चाल्ने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।
भेरी-कर्णाली, सेती-महाकाली र थारुवान राज्य समितिका अगुवा कायकर्तालाई प्रशिक्षण दिन प्रधान मन्त्री भट्टराई, पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्यलगायतका नेता बाँकेको चिसापानीतर्फ लागेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया