Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025
पोखरा- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीको नेतृत्वमा बनेको वर्तमान सरकारले द्वन्द्वकालमा जनसत्ताका नाममा गरिएका क्रियाकलापलाई वैधानिकता दिनु १२ बुँदे समझदारीदेखि हालसम्म सबै सहमतिको ठाडो उल्लङ्घन भएको बताएका छन्।
नेकपा एमाले कास्कीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा अध्यक्ष गौतमले माओवादी क्रान्तिका नाममा प्रतिगमनतिर फर्केको आरोप लगाउँदै माओवादीले भने बमोजिमको संविधान नबन्ने र शान्ति प्रक्रिया नटुङ्गिने हो भने उनीहरु विद्रोहमा जाने तयारी र मानसिकतामा रहेको विचार व्यक्त गरे।
नयाँ संविधानमा टुङ्गिइसकेका बुँदालाई पनि उल्टाउन खोजेर माओवादी पछाडि फर्कन खोजेको छ भन्दै उनले नेपाली जनताले अब विद्रोह र अशान्ति होइन शान्ति चाहन्छन् र निरन्तर अगाडि बढ्छन् उनले भने।
प्रधानमन्त्री बाबुराम भट्टराईले भारत सरकारसँग बीपा सम्झौता र कृषिमा दोहोरो कर प्रणाली हटाएर भारतलाई खुसी तुल्याएको आरोपसमेत लगाए। पार्टीका जिल्ला अध्यक्ष मानबहादुर जिसीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया