तिनाउले नबगाएको पार्टीको फोहोर बग्यो

एमाले मेची अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापाको धुलाबारी पुग्नुभएका अध्यक्ष खनालले कार्तिक १५ गते भएको सात बुँदे सहमति विपरीत समायोजनमा जाने लडाकुहरुको संख्याको किचलो झिकेर माओबादीले शान्ति प्रक्रियामा संकट उत्पन्न गराएको दाबी गर्नुभयो ।
अध्यक्ष खनालले माओवादीको चाहानाले सहमति बिपरीत समायोजनमा जाने लडाकुहरुको संख्यामा पुनर्बिचार हुन नसक्ने दाबी गर्नुभयो । उहाँले माओबादीको एकल चाहानाले मात्रै संक्रमणकाल लम्बिन नसक्ने बताउनुभयो ।
खनालले थपिएको समयमा नयाँ संपिधान नबने मुलुकमा अप्ठेरो स्थिति सिर्जना हुने शंका गर्नुभयो । बिगतका सहमतीहरु स्मरण गराउँदै अध्यक्ष खनालले सहमतिलाई तोडेर माओबादीले बाटो बिराएको दाबि गर्नुभयो ।
उहाँले प्रतिपक्ष दलहरुलाई समेत सहमत गराएर शान्ती प्रक्रिया टुङ्ग्याउतिर लाग्न माओबादीलाई सुझाब दिनुभयो । शासकिय स्वरुपका सम्बन्धमा एमाले प्रत्यक्ष निर्बाचीत प्रधानमन्त्रीको पक्षमा अडीग रहेको बताउनुभयो ।
पार्टी एकताले राट्रिय राजनीतिलाई सकरात्मक सन्देश दिएको भन्दै खनालले आठौं महाधिबेशनमा तिनाउ नदीले बगाउन नसकेको पार्टीभित्रको फोहोर पूर्वका तीन नदीले बगाएको उदघोष गर्नुभयो ।