Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025

काठमाडौं- आफूले कोसित फोन वार्ता गरिरहेको छु भन्ने थाहा नपाउँदा कति अप्ठ्यारो र पछुतो हुँदोरहेछ भन्ने पछिल्लो उदाहरण बनेका छन्, सामान्य प्रशासनमन्त्री रामकुमार यादव । बिहीबार कार्यालयमा आएदेखि अपराह्नसम्म मन्त्री यादव सरुवा हुन खोज्ने कर्मचारी र भनसुनका लागि आएका सभासददेखि विभिन्न दलका नेता, कार्यकर्ता र कर्मचारी संगठनका प्रतिनिधिसितको भेटघाटमा थिए ।

त्यहीबीचमा भेटघाटलाई थाँती राखेर केही पत्रकारसित सामान्य प्रशासन मन्त्रालयले निजामती ऐनबमोजिम गर्न लागेको कर्मचारीको सरुवाबारे कुरा गर्नमात्रै लागेका थिए, प्रधानमन्त्री भट्टराईको फोन आइहाल्यो । तर, उनले आफूलाई फोन गर्ने व्यक्ति को हो चिनेनन् र आफ्नै पाराले दलिल गरिरहे ।

उनको मोबाइल फोनको आवाज बाहिरै प्रस्ट सुनिन्थ्यो । फोनमा सुनिन्थ्यो, ‘तपाईंले विज्ञान मन्त्रालयमा सरुवा भएका सहसचिव केदार न्यौपानेलाई बीचमै किन काजमा लगेको ?’ प्रधानमन्त्रीका सहयोगीले आफूलाई सोधेको जस्तो ठानेर सोझा र सरल यादवले जवाफ फर्काए, ‘हाम्रो कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव दुर्गानिधि शर्मा कामु सचिव भएपछि एउटा सहसचिव पद रिक्त छ, माघ महिना कर्मचारीको सरुवा गर्ने महिना हो । मैले यसपटक वर्षौंदेखि दुर्गममा बसेका, अन्याय र अप्ठ्यारामा परेका कर्मचारीलाई न्याय दिन खोजिरहेको छु ।
त्यही भएर राम्रो सहसचिव ठानेर न्यौपानेलाई हतारमा मैले काजमा मेरो मन्त्रालयमा हाजिर गराएको हुँ ।’
प्रधानमन्त्रीले फेरि भने, ‘मन्त्रिपरिषद्ले न्यौपानेलाई विज्ञान मन्त्रालयमा लाने निर्णय गरेको थाहा पाउँदापाउँदै सरकारी निर्णय मिचेर किन सामान्य लाने ?’ आफूलाई एकोहोरो सोधिरहेपछि यादव सोझो तालमा कड्किए, ‘मन्त्रिपरिषद्का कति निर्णय परिवर्तन भएका छन् कति, राम्रो कामका लागि एउटा सहसचिवको निर्णय परिवर्तन गर्न किन नहुने ?’
आफ्नो मन्त्री आफैंसित एकोहोरो कड्किइरहेको सुनेर भट्टराईले ‘प्रधानमन्त्रीसँगै मुखमुखै लाग्ने ?’ भनेर हकारे । त्यसपछि मात्र यादवले आफूले प्रधानमन्त्रीसँग फोनवार्ता गरिरहेको थाहा पाए । हतारिँदै उनी फोनमै ‘पीएम सा’ब’ भन्दै थिएँ । प्रधानमन्त्रीबाट फोन काटियो । मन्त्री एकाएक गम्भीर भए । अनुहारमा चिटचिट पसिना आयो । उनका स्वकीय सचिव कमल गिरीलाई फोन आयो ।
प्रधानमन्त्रीले रिसाएर भनेका कुरा गिरीले मन्त्रीलाई कागजमा टिपोट गरेर दिए । त्यसपछि मन्त्री झन् गम्भीर र कालोनीलो भएर भने, ‘मलाई कोही सहसचिव पनि चाहिएन, आज म कसैसित कुरा पनि गर्दिनँ, गइहाल्नोस्’ भनेर पत्रकार र भेट्न आएका सबैलाई फर्काइदिए ।
मन्त्री यादव र विज्ञानमन्त्री कल्पना धमलाबीच सहसचिव न्यौपानेलाई आ-आफ्नो मन्त्रालयमा राख्न हानाथाप चलेको सामान्यकै एक कर्मचारीले जनाए । धमलाले मन्त्रिपरिषद्बाट आफ्नो मन्त्रालयमा सार्ने निर्णय भएका सहसचिव न्यौपानेलाई यादवले बीचैमा काजमा भनेर सामान्य लगेको गुनासो गरेपछि प्रधामन्त्रीले फोन गरेर यादवलाई सम्झाउने प्रयास गरेका रहेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव न्यौपानेलाई विज्ञानमा र विज्ञानका मुकुन्दराज प्रकाशलाई सार्वजनिक खरिदमा सरुवा गर्ने निर्णय गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया