
आप्पा आइतबार काठमाडौंबाट जहाज चढेर झापा आएका थिए । झापाबाट भने सोमबारमात्रै उनी यहाँ आइपुगेका हुन् । सुकेटारमा बसेका उनलाई मंगलबार बिहान सदरमुकाम फुङलिङमा बिदाइ गरिएको छ ।
ग्रेट हिमालयन कार्यक्रमका संयोजक हरिश्चन्द्र चिलवालका अनुसार मंगलबार बिहान पञ्चैबाजा, च्याब्रुङ नाचलगायत झाँकीसहित नगर परिक्रमा गराई सुकेटारसम्म पुर्याइएको छ ।
जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा दलका पदाधिकारीलाई पनि पैदलयात्रामा सहभागी भए । सबैभन्दा लामो पदमार्ग ग्रेट हिमालयन ट्रेलमा यात्रा गर्ने उनलाई स्वागत तथा बिदाइ गर्न माथिल्लो निकायबाट निर्देशन नभएकाले सरकारी कार्यालय तातिएका थिएनन् ।
१८ जनाको टोली छिरुवा, लेलेप, तापेथोक, खाङलापास, घुन्सा, फले हुँदै संखुवासभा जानेछ । १ सय २० दिनको यात्रामा निस्किएका उनले १ हजार ७ किलोमिटर यात्रा गर्नेछन् । राष्ट्रपति रामवरण यादवले राष्ट्रिय झन्डा दिएर बिदाइ गरेका उनको यात्रा हुम्ला हुँदै दार्चुलामा पुगेर टुंगिनेछ । आप्पासँग जलवायु परिवर्तन कार्यक्रमका दावा स्टेभेन शेर्पासहित रहनेछन् ।