Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025
काठमाडौं- भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले शान्ति र संविधान निर्माणमा सहजीकरण गर्नका लागि पत्रकार ऋषि धमलालाई थुन्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा अन्य दलका नेतासँग अनौपचारिक भेटघाटमा धमलाप्रति देखाउँदै उनले ठट्टा गर्दै भने– सबै प्रक्रिया भाँड्ने काम उसले गरेको छ, मिलेको कुरालाई पनि भड्काइदिन्छ, संविधान नबनुन्जेलसम्म थुन्नैपर्छ होला । सुविधासम्पन्न  ढंगले उनलाई थुनिनुपर्ने भन्दै त्रिपाठीले पटकपटक भएका सहमति पनि धमलाले विथोलेको आरोप लगाए । केही कुरा मिलेजस्तो हुन्छ र क्लबमा बोलाइदिन्छन् त्यसपछि के के बोल्न लाउँछन् अनि बर्बाद हुन्छ “उनले भने– “मोबाइल पनि दिनु हुँदैन फेरि त्यही भित्रबाट अन्तरवार्ता लिएर भाँडिदिन्छन्, यो बाहिर रहुन्जेल संविधान बन्दैन ?” तमलोपाका सहअध्यक्षसमेत रहेका नेता त्रिपाठीको कुरामा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमलोपाकै महामन्त्री सर्वेन्द्रनाथ सुक्लाले पनि सहमति जनाए । पटक पटक क्लबमा बोल्न आइरहने कर्णले भने– बाबुराम सरकार बनाउन पनि उनी लागेका थिए । अव गिराउन खोज्दैछन् ।‘ शरतसिंह भण्डारीलाई जबरजस्ती बोल्न लगाएर मन्त्री पद खुस्काइदिएकोमा टिप्पणी गर्दै कर्णले थपे– उनी त यस्तो बहादुर छन् जे पनि गर्छन् ।’ धमलाले भण्डारीलाई खुस्काउन आफ्नो प्रमुख हात भएको स्वीकारे । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया