Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

यतिखेर देशका गाउँ, सहरदेखि बिदेशमा रहेका नेपाली समाज र सञ्चारमाध्यमहरुमा एउटा नयाँ बिषयको बारेमा बहस सुरु भएको छ । त्यो हो देश विकासका लागि नयाँ शक्तिको आवश्यकता । यस बिषयमा बिभिन्न क्षेत्रका बिज्ञहरुको बिचार सञ्चारमाध्यम मार्फत आउन थालेका छन् । जसमा कसैले नेपाललाई अघि बढाउनका लागि अहिलेको राजनीतिक दलहरु बाहेकको कुनै शक्ति उदाउनु आवश्यक भएको बिचारलाई अगाडि सारेका छन् भने कसैले हालकै राजनीतिक दलका युवा तथा इमान्दार नेताहरुको एकताबाट नयाँ शक्तिको उदय हुनुपर्ने र देशलाई उनीहरुले नेतृत्व दिनुपर्ने भन्ने गरेका छन् । त्यस्तै कसैले बिदेशमा भएका सक्षम नेपालीहरु अब देशमा फर्केर कुनै राजनीतिक दल नभएर एउटा नागरिक समाजको रुपमा देशलाई नेतृत्व प्रदान गरी बिदेशमा आर्जन गरेको अनुभवलाई आफ़्नो देश बिकासमा लागु गर्नुपर्ने धारणा ल्याएका छन् ।

सरसर्ती हेर्दा देशलाई अघि बढाउनका लागि अगाडि सारिएका यि बिचारहरु आ-आफ़्ना दृष्टिकोणबाट सहि हुन पनि सक्छन् । किन कि नेपालमा धेरै पटक ठूला ठूला आन्दोलनहरु भए । देशले दशौं वर्षको महंगो र कठिन जनयुद्धको पनि सामना गर्नुपर्‍यो । ति आन्दोलन र युद्धबाट ठूला ठूला राजनीतिक परिवर्तनहरु पनि भए तर त्यसले केही नेता तथा नेतृत्व तहमा रहेका र तिनका वरिपरि घुम्ने ब्यक्तिहरु बाहेक समग्र देश र देशबासीको जीवनमा कुनै परिवर्तन ल्याउन सकेन । जसका कारण र्सबसाधारण जनताले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्दै बस्न बाध्य भएका छन् । यस्तो अवस्थामा आएको हालको नयाँ शक्तिको अवधारणाप्रति सर्बसाधारणको ध्यान खिचिनु स्वभाबिकै हो । तर ज-जसले नयाँ शक्तिको कुरा गरेर थोरै भएपनि मानिसहरुको ध्यान तान्न सफल भएका छन, उनीहरुले त्यो नयाँ शक्ति भनेको कस्तो हुन्छ ? त्यसले कसरी देशलाई आमुल परिवर्तन गर्न सक्छ ? अहिलेका राजनीतिक शक्ति भन्दा त्यो के कति या कुन रुपमा फरक हुन्छ ? तिनका नीति र सिद्धान्तहरु के हुन्छन् ? भन्ने जस्ता विषयहरुमा खासै ठोस रुपमा आफ़्ना बिचारहरु ल्याउन सकिरहेको देखिदैन । जसले गर्दा यो बहसबाट केही निकास आउला भन्ने आशा राख्न सक्ने ठाउँ अझै देखिइसकेको छैन ।

त्यसो हो भने, देशलाई अगाडि बढाउनका लागि बिकल्प के हो त ? हुन त, हाल देशको शासन सत्ता सम्हालेर बसेका तथा बिपक्षमा बसेका जुनसुकै राजनीतिक दलका पनि राजनीतिक सिद्धान्त र दस्ताबेजहरु हेर्ने हो भने शायद कुनै दलको दस्ताबेज देश बिकासको दृष्टिकोणले कम छैनन् होला । नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद होस या एमालेको बहुदलिय जनवाद । माओबादीको साम्यबाद होस या राप्रपाको राजतन्त्रात्मक प्रजातन्त्र । यि सबैको उद्देश्य भनेको आखिर देशलाई समृद्ध बनाउनु नै हो । त्यसका लागि कुन कति बैज्ञानिक छ तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परिबेशमा कुन सिद्धान्त योग्य छ भन्ने बारेमा छुट्टै बहस हुन सक्ला । तर प्रमुख कुरो यहाँ राजनीतिक दलहरुले राष्ट्र निर्माणको बिषयलाई कत्तिको महत्व दिएका छन् भन्ने हो । साथै, आफु सत्तामा हुँदा देश र जनताको पक्षमा कत्तिको काम गरेका छन् भन्ने हो । हालसम्मको अवस्थालाई केलाउने हो भने राजनीतिक दलका नेताहरु काम भन्दा कुरा बढि गर्छन्, भाषणमा ठूला कुरा गर्छन्, कामको नाममा सिन्को भाँच्दैनन् भन्ने कुरा तथ्यको रुपमा साबित भएका छन् । यति हुँदाहुँदै पनि हामी सर्बसाधारण जनताहरु बिकल्पको खोजी गर्दैनौं र पटक पटक भर्‍याङ बनि एकै खालका ब्यक्तिलाई निर्वाचन मार्फत देशको तालाचापी बुझाउँछौं । अनि फेरि भन्छौं नेताहरुले देश बर्वाद गरे, हाम्रो देश खत्तम भयो ।
यहाँ भन्न खोजिएको के हो भने देश बर्बाद बनाउनुमा तपाईं हाम्रो पनि हात छ । त्यसैले, हामी सबैले आ-आफ़्नो तर्फ़बाट आत्मसमीक्षा गर्नु आवश्यक छ कि देश निर्माणमा आफ़्नो के भूमिका हुनुपर्छ ? हामीले सर्बसाधारण स्तर देखि नै आफु पनि सजग हुँदै र आफ़्ना प्रतिनिधीहरुलाई पनि सजग र सचेत बनाउँदै अगाडि बढ्नुपर्छ । अर्थात अब देश बनाउनका लागि अहिलेसम्मको सोंच र आचरण भन्दा माथि उठेर सबै अगाडि बढ्नु आवश्यक छ । यसो भन्दै गर्दा अहिलेसम्म चलनचल्तीमा आएका हाम्रा आचरणहरुको बारेमा केहि चर्चा गर्नु आवश्यक छ ।

हामी नेपालीहरु सायद संसारमै स्वाभिमानी र परिश्रमी मध्यमै पर्छौहोला । देश भित्र मात्र नभएर बिदेशमा गएर पनि नेपालीहरुले ब्यक्तिगत रुपमा ठूलाठूला सफलताहरु हात पारेका छन् । ब्यापार ब्यवसायदेखि अध्ययन अनुसन्धान, रोजगारदेखि सेवा लगायतका क्षेत्रहरुमा नेपालीहरुले गरेका महान सफलता तथा उत्कृष्टताका बारेमा बेलाबेलामा आउने बिभिन्न समाचारहरुबाट थाहा पाइराखेकै छौं । गैर आवासीय नेपालीहरु अन्तरराष्ट्रियरुपमै सफल ब्यवसायी तथा सर्बाधिक धनीको सूचीमा पर्नुदेखि अमेरिका तथा युरोपमा नेपालीहरुको उपस्थिति त्यहाँको नीति निर्माणको तहसम्म पुग्नु त्यसको उदाहरणको रुपमा लिन सकिन्छ । साधारण रुपमै हेर्दा पनि बिदेशमा बसेका नेपालीहरुले सम्बन्धित देशको नियम प्रणाली अनुसार आफुलाई अभ्यस्त बनाउँदै लगेको पाइन्छ र त्यो हुनु पनि पर्छ । तर जब केही संख्यामा नेपालीहरुको जमघट हुन्छ मिनी नेपालको निर्माण हुन्छ, तब त्यहाँ नेपाली परम्पराको प्रदर्शन शुरु भईहाल्छ । जसमा सकारात्मक भन्दा नकारात्मक पक्षको प्रतिशत बढि हुन्छ । जसले गर्दा हाम्रो समाज र देशले गति लिन सकेको छैन । समयको महत्वलाई नबुझनु, आपसी समन्वयमा कार्यक्रमहरुको तय नगरिनु, एक आपसमा सहयोगी भावनाको कमी हुनु, आ-आफ़्नै डम्फू बजाउनमा ब्यस्त हुनु आदि हाम्रा परम्परागत नकारात्मक पक्षहरु हुन ।

देश भित्रकै कुरा गर्ने हो भने, हामी जति देश बिदेश घुमेर बसेर आएको भए पनि त्यहाँबाट सिकेर आएका कुराहरुलाई लागु गर्नुको सट्टा पुरानै पारामा आफुलाई ढाल्छौं । नीति निर्माणको तहमा बसेकाहरु पनि बिभिन्न बहानामा राष्ट्रको ढुकुटीबाट बिदेश जान्छन तर उनीहरुले देखेर आएका कुराहरुलाई त्रिभुवन बिमानस्थलमै छोडेर हिंड्छन । यदि त्यसो नभएको भए सर्बसाधारणले त्यहिंबाट बाटो काट्दा घोंडा लगाउन आदेश दिने र देशको कानुन पालना गराउने जिम्मेवारी लिएको एउटा मन्त्रीले आफुले भने त्यहिंबाट बाटो काट्ने थिएनन् होला । यो त एउटा उदाहरण मात्र हो । यहाँ हाम्रो परम्परा सबै बिर्सनुपर्छ भन्न खोजेको होइन कि, राम्रो कुराहरुलाई कार्यान्वयन गर्दै नराम्रा कुरालाई छोड्दै जानुपर्छ भन्ने हो । त्यसका लागि सबैले ब्यक्तिगत रुपमा आफैबाट सुरु गर्नु अत्यावश्यक छ । अर्थात जबसम्म ब्यक्ति-ब्यक्तिको आचरण राम्रो हुँदैन, समग्र समाज तथा देशको अवस्थामा सुधार आउँदैन । ब्यक्तिगत आचरण नै सामाजिक, राजनैतिक तथा राष्ट्रिय आचरण संग प्रत्यक्ष सरोकार राख्ने हुनाले सबैभन्दा पहिले हाम्रो ब्यक्तिगत आचरणमा परिवर्तन ल्याउनु आवश्यक छ । यदि त्यसो भएमा हरेकले आ-आफ़्नो पद अनुसार दायित्व र जिम्मेवारी बोधका साथ काम गर्न सक्छन र त्यो नै देश बिकासका लागि महत्वपूर्ण सुत्र हुन जान्छ । त्यसैले हामीलाई अब राजनैतिक नयाँ शक्ति भन्दा ब्यक्तिगत नयाँ आचरणको खाँचो छ जसले देशको समृद्धि र सामाजिक अमनचयनका लागि महत्वपूर्ण साँचोको काम गर्ने छ । ***

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया