Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

महाधिबेशन प्रतिनिधि छानिनु र छनौंट गरिने बिषय गम्भीर जिमेवारी लिनु र दिनु हो भन्ने कुरा नेकपा एमालेका सम्पूर्ण संगठित सदस्यहरु र महाधिबेशन प्रतिनिधिका प्रत्यासीहरुले स्पस्ट बुझेको हुनुपर्दछ । महाधिबेशन प्रतिनिधिको योग्यतालाई विधानमा उल्लेखित संगठित सदस्यता प्राप्त समय अबधिमा मात्र सीमित गरिएमा महाधिबेशनको महत्व र गरिमा बमोजिम प्रतिनिधिको अपेक्षित भूमिका अपूरो पनि हुन सक्छ ।

महाधिबेशन प्रतिनिधि छनौंट गर्दा महाधिबेशन र प्रतिनिधिको महत्व र भाव राम्ररी बुझेको पंक्ति नेकपा एमालेमा नभएको होइन । तथापि, कहिलेकाही र कतै यसको गलत बुझाई र दुरुपयोग हुन सक्ने सम्भावित खतराप्रति पनि सचेत हुन जरुरी छ । अर्को शब्दमा भन्नुपर्दा, महाधिबेशनलाई नेता कार्यकर्ताको भेला हुने ठूलो मेलाको रुपमा लिने र प्रतिनिधि त्यस मेलामा भाग लिने अबसरको सम्मान ग्रहण मात्र गर्ने या मेलाको रमिते हुने, महाधिबेशनको मूल लक्ष्य निर्बाचन प्रक्रियामा सामेल गर्ने गराउने र अन्य खास काम नदेखने खतरा हुन सक्छ । पार्टी महाधिबेशन पार्टी नेता कार्यकर्ताको बैधानिक भेला हो न की कुनै मनोरंजन, रमिता, भोज भतेर र बिलासिको मेला । पार्टी महाधिबेशनको एक सप्ताह कम्तिमा एक शताब्दीको भविष्यसंग जोडिएको हुन्छ, मुलत : नेपाल राष्ट्र र नेपाली जनताको भविष्यसंग सरोकार राख्दछ । पार्टी महाधिबेशनले पार्टीको सिद्दान्त, रणनीति, कार्यनीति, बिधान र नेतृत्वको फैसला गर्दछ ।

नेकपा एमालेको पार्टी महाधिबेशनलाई वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिको ठोस बिश्लेषण, भाबी नीति, बिधि र नेतृत्व मण्डलको सहि निर्णय गर्न गम्भीर अध्ययन विश्लेषण, स्वस्स्थ बहस, छलफल तथा साँचो लोकतान्त्रिक प्रक्रियाको अबलम्बन गरिने बैचारिक र बैधानिक प्रतिष्ठानको रुपमा सदुपयोग गरिन्छ । महाधिबेशनमा सरिक हुने सबै एमालेका नेता कार्यकर्ता या प्रतिनिधिहरु उर्जाशील, क्षमतावान, त्यागी, ईमान्दार, बिज्ञ र भरोसायोग्य पंक्ति हुने कुरामा अपेक्षा गरिन्छ ।

कुनै पनि क्षेत्रबाट महाधिबेशन प्रतिनीधी भनेको संबन्धित क्षेत्रको बिश्वास र भरोसाको प्रतिनिधि हो र उसको काँधमा आफ्नो क्षेत्रको जिमेवारी संगै पार्टीको सिंगो महाधिबेशनले पूरा गर्नुपर्ने सबै जिमेवारीमा शसक्त भूमिका निर्वाह गर्न कठिन मिहेनत गर्नुपर्ने अत्यन्तै गहन जिमेवारी हुने गर्दछ । नेकपा एमालेको देशभरि र प्रबासहरुमा समेत महाधिबेशन प्रतिनिधि छनौट अभियानमा व्यस्त यस महत्वपूर्ण घडीमा प्रतिनिधि छनौटको लागि एमालेका संगठित सदस्यहरुले ध्यान दिनुपर्ने केही बुंदाहरुलाई पुनस्मरण गराउंदा सामयिक हुन्छ भन्ने लाग्दछ ।

संगठित सदस्यहरुले प्रतिनिधि छनौटमा ध्यान पुरयाउनुपर्ने न्युनतम कुराहरु :
१. आफूले पठाउने महाधिबेशन प्रतिनिधिले आफ्नो क्षेत्र या निकायको पहिचानलाई उच्च बनाउने बिश्वास हुनुपर्दछ । आफ्नो प्रतिनिधि कम्तिमा पनि सामाजिक अपराध ठहरिने ठगी, चोरी, भ्रष्टाचारी, तस्करी, अबैध दलाली जस्ता आरोपबाट मुक्त भएको व्यक्ति हो वा होइन निर्क्योल गरी यस्ता आरोपित व्यक्तिहरु प्रतीनिधि नबनाउन प्रयास गर्नुपर्दछ ।

२. आफ्नो प्रतिनिधिले पार्टीलाई सुदृढ बनाउने दिशामा सहि विचार बिश्लेषण गर्न सक्ने र योगदान गर्न सक्षम भएको बिश्वास हुनुपर्दछ ।

३. पार्टी महाधिबेशनभरि पुरै मिहेनतपूर्बक खट्ने, पार्टीको राजनैतिक र सांगठनिक दस्ताबेजहरुको पूर्ण अध्ययन गरी, त्यसका सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गर्न सक्ने, साथै पार्टीको दस्ताबेजमा पुग नपुग र छुट कुराहरुको पनि खोजी गर्ने सक्ने, सहि कुरालाई उचित ढंगले अभिव्यक्त गर्ने वा गराउन सक्ने हुनुपर्दछ ।

४. आफ्नो प्रतिनिधिले आफुहरुको सामुहिक समस्याहरुको सम्बोधन गर्न पार्टीका नीति निर्माण तहमा भूमिका खेल्न सक्ने हुनुपर्दछ ।

५. प्रतिनिधि सम्बन्धित क्षेत्रमा सकभर लामो अनुभबी, बिगत र बर्तमान दुबैलाई जानेको, सम्बन्धित क्षेत्रको बिकासमा निरन्तरता दिन सक्ने या आयाम थप्न सक्ने बिश्वास भएको हुनुपर्दछ l पार्टी विधानले संगठित सदस्यता प्राप्त पाँच बर्षको समय अबधि तोकेको छ l यो पाँच बर्षको संगठित सदस्यताको अनुभब सम्बन्धित क्षेत्रमा क्रियाशील भएको अनुभबसंग जोडिएमा थप राम्रो हुने छ ।

६ . प्रतिनिधि महाधिबेशन सकिएपछि सम्बन्धित कार्य क्षेत्रमा तुरुन्त फर्की महाधिबेशनको गतिबिधि र आफूले खेलेको भूमिका सहित सांगठनिक दस्ताबेजहरु र आफ्नो अनुभबहरु कार्य क्षेत्रका सम्पूर्ण संगठित सदस्यहरुलाई शेयर गर्न सक्ने हुनुपर्दछ l कतिपय प्रतिनिधि निर्बाचनको बेलामा कार्य क्षेत्रमा खट्ने देखिने र महाधिबेशन सकिए पछि कार्य क्षेत्रमा नफर्कने हुन सक्छ ।

७ . कुनै खास ब्यक्ति विशेषलाई नेता बनाउने कुरामा भन्दा पार्टीको नीति र बिधिलाई समृद्ध पार्न जोड दिने चरित्र र क्षमता भएकालाई महत्व दिनुपर्दछ ।

८. दलित, जनजाती, महिला र मजदुरको खास बिशेस कोटा नपाएका क्षेत्रमा अन्य क्षमता र चरित्र समान भएका मध्य दलित, जनजाती, महिला र मजदुरहरुलाई प्रथामिकता दिनुपर्दछ ।

९. पार्टीका अभियानहरुमा सक्रिय मध्यको बढी सक्रियलाई प्रतिनिधि छनौट गरिनुपर्दछ ।

१०. व्यक्तिगत, सामाजिक तथा सांगठनिक गतिविधि या जीबनशैलीमा परिश्रमी, स्वच्छ आचरण, इमान्दार र त्यागीपनलाई पनि छनौटको आधार बनाइनुपर्दछ ।

उपर्युक्त न्युनतम १० बुंदालाई आधार मानेर स्वस्थ छलफल र बहसबाट सहि प्रतिनिधि निर्बिबादित छानिने सम्भावना पर्याप्त रहने हुन्छ । आबश्यक संख्या भन्दा बढी उम्मेदवारहरुको बीचमा सहमति नभई लोकत्रान्त्रिक विधिको अबलम्बन गरी छनौट गरिने प्रक्रियामा सरिक हुदा समेत उपर्युक्त बुंदाहरुलाई सम्पूर्ण मताधिकारी संगठित सदस्यहरुले मनन गरी स्वबिबेक प्रयोग गरिएमा उत्कृष्ट प्रतिनिधि छनौट हुने सम्भावाना बढी हुनेछ ।

सरल भाषामा भन्ने हो भने, नेकपा एमाले पार्टीको मूल उद्देश्य नेपाल राष्ट्र र नेपाली जनताको सेवा हो । गणतन्त्र नेपालसम्म ल्याउन नेकपा एमालेले नेपाली राजनैतिक इतिहासमा बिराट योगदान गरेको छ र लामो अनुभव बटुलेको छ । नेपाल राष्ट्रले प्राप्त गरेको ऐतिहासिक राजनैतिक उपलब्धिहरुलाई संस्थागत गर्दै जनताको जीवनस्तरलाई उकास्दै समाजबादतर्फ राष्ट्रलाई अघि बढाउने अभिभारा नेकपा एमालेको काँधमा छ । यो राष्ट्रिय दायित्वलाई पूरा गर्न नवौं रास्ट्रिय महाधिबेशन पार्टीलाई थप एकीकृत र सुदृढ पार्दै सबल र सक्षम हुनेछ । यसका लागि योग्य, असल र अब्बल प्रतिनिधिहरुको छनौंटमा पार्टीका सबै संगठित सदस्यहरुले ध्यान दिनैपर्दछ ।

(लेखक नेपालमा पूर्ब गाबिस अध्यक्ष तथा नेकपा एमाले गोर्खा जिल्ला पार्टी कमिटीका पूर्ब सचिबालय सदस्य र हाल जापानमा रही प्रबासी नेपाली मंच (ONF) जापानका वर्तमान अध्यक्ष हुनुहुन्छ )

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया