Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025
झापा – धाइजन-९ गोजाबस्तीका भरत नेपालले आफ्नो बारीमा ४० किलोग्रामको लौका फलाउनुभएको छ ।
पचास इन्च लम्बाइ र १८ इन्च गोलाइ रहेको सो लौका हेर्न मानिसको घुइँचो लाग्ने गरेको छ । धुलाबारी बजारबाट बीउ किनेर रोप्नुभएका नेपालले लौकाको जातबारे अनभिज्ञता प्रकट गर्नुभयो ।
बलौटे माटो भएको बारीमा लहराएको लौकाको एउटै बोटमा आधा दर्जन बढी फल लागेकामध्ये ४० किलोका दुईवटा लौका अहिले थाँङ्क्रामै छन् । फलेका सबै लौका ठूला र लामा भएपछि नेपाल परिवार दङ्ग छ । “यसअघि मैले १५ देखि २० केजीसम्मका आठवटा लौका टिपीसकेको छु” नेपालले भन्नुभयो, “बारीमा फलेका लौका म बेच्दिन ।”
एउटा लौकाले १० घरलाई छाक टार्ने गरेको छिमेकी बताउँछन् । मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खेम प्रसाईंले जीवनमै पहिलोपटक यति ठूलो लौका देखेको बताउनुभयो । उहाँले लौका फलाउने किसानलाई सरकारी निकायबाट पुरस्कृत गरिनुपर्ने माग गर्नुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालिकराम भट्टराईले १५ केजी बढी तौलको लौका दुर्लभ मानिने बताउँदै कार्यालयका तर्फबाट लौका अवलोकन गर्न जाने जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया