Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025
विराटनगर– प्रहरी सहायक निरीक्षक (असई) मा लगाईदिने भन्दै रकम असुल्ने मधेसी मुक्ति टाईगरका मोरङ सचिव सहित एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको कटहरी गाविस ५ घर भएका मधेसी मुक्ति टाइगरका जिल्ला सचिव रंजित पौदार र हात्तिमुढा ९ की ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष संयुक्ता चौधरी (मल्लिक) छन् ।
उनीहरुले प्रहरीको असईमा लगाइदिने भन्दै शिशवनीजहदा ७ का विभाष प्रसाद सिंह र कटहरी ५ का तिर्थ पौदारसँग रकम असुलेको प्रहरीले जनाएको छ । तिर्थ रंजितका भाइ हुन् । तिर्थको सहयोगमा रंजितले विभाष संग पैसा असुलेको बताइएको छ । उनले आफ्नो भाईको रकम समेत विभाषबाट असुल्न एक जनाको दुई लाख रुपैयाँ लाग्छ भनेको प्रहरीले जनाएको छ । २०६७ साल फागनु १ गते खुलेको प्रहरी सहायक निरीक्षक पदको आवेदनका क्रममा रकम असुलेको प्रहरीको दावी छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया