Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – जापानको प्रख्यात पेय पदार्थ उत्पादक आसाही ड्रिंक्स कम्पनीले वाई फाई इन्टरनेट सेवा सहितको भेन्डिङ मेसिन बजारमा ल्याएको छ । सो कम्पनी स्रोतले जनाए अनुसार यसै महिना टोकियो, सेन्दाइ, चुबु, किन्की तथा फुकुओका लगाएतका क्षेत्रहरुमा गरि करिब १,००० वटा यस्ता भेन्डिङ मेसिनहरु राखिनेछन् । उक्त संख्या आगामी ५ बर्षमा १० हजार पुर्‍याउने लक्ष्य रहेको पनि आसाही ड्रिंक्स कम्पनीले जनाएको छ । सो कम्पनीले फ्री मोबाइल कम्पनीसँगको सहकार्यमा यस किसिमको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।

यस किसिमको भेन्डिङ मेसिनले उपलब्ध गराउने इन्टरनेट सेवा २ प्रकारको हुने पनि कम्पनी स्रोतले जानकारी दिएको छ । जसमध्ये एउटा तरिकामा इमेल ठेगाना दर्ता गर्नुपर्नेछ भने अर्को तरिकामा त्यसको आवश्यकता नरहने बताइएको छ । यी दुबै तरिकाबाट जोडिएका इन्टरनेट सेवाहरु निःशुल्क हुनेछन् । तर उक्त सेवा ३० मिनेटको लागि मात्र हुनेछ र हरेक ३० मिनेटमा पुनः इन्टरनेट जोडन सकिनेछ ।

आसाही कम्पनीले राखेको यस किसिमको भेन्डिङ मेसिनको ५० मिटरको परिधिभित्र यस किसिमको निःशुल्क इन्टरनेट सेवा लिन सकिने बताइएको छ ।

केही बर्ष अघिदेखि नगद मात्र नभई सुइका जस्ता कार्डबाट पनि पेय पदार्थहरु किन्न सकिने भेन्डिङ मेसिन बने पश्चात् त्यसको प्रयोगकर्ताहरु बढ्दै गएको परिबेशमा वाई फाई सहितको भेन्डिङ मेसिन बजारमा आउँदा प्रयोगकर्ताहरु अझ बढी लाभान्वित हुने देखिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया