Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

काठमाडौं – सरकारले मुलुकको एकमात्र पुरानो अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरी मौलिक परम्परा र संस्कृति झल्किने ‘बुटिक विमानस्थल’का रूपमा विकास गर्ने पुरानै योजनालाई निरन्तरता दिएको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा विमानस्थलमा बढ्दो यात्रुचापलाई व्यवस्थापन गर्न र यसलाई आकर्षक बनाउन उक्त अवधारणा अघि सारिएको बताउँदै यसका लागि ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

विमानस्थललाई ‘बुटिक’ बनाउने अवधारणा नयाँ भने होइन । यसअघि २०७६ सालको नीति तथा कार्यक्रममा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा मौलिक परम्परा र संस्कृति झल्किने गरी विमानस्थललाई ‘बुटिक’ अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताएकी थिइन् ।

त्यसैगरी, २०७५ पुसदेखि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुटिक विमानस्थल बनाउने विषयमा काम थालेको थियो ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०४५ सालमा निर्माण सम्पन्न भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मौलिक डिजाइन काठमाडौं उपत्यकाको खेतबारीमा देखिने ‘गरा शैली’बाट प्रभावित छ ।

यसको डिजाइन दुई जर्मन र एक जापानी इन्जिनियरले गरेका थिए । अर्थमन्त्री पौडेलले बजेटमार्फत आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

तपाईको प्रतिक्रिया