Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

टोकियो – जापानको नागोया शहरमा एक ५० वर्षीया महिलाले ५९ वर्षीय पुरुषको ढाडमा छुरा प्रहार गरी हत्या गरेकी छज् । मंगलबार राति करिब १० बजे नागोयाको हिगाशी वार्डस्थित कम्पनीका कार्यकारी नोबुहिको शिमुराको अपार्टमेन्ट भवन अगाडिको सडकमा पछाडिबाट पटक-पटक छुरा प्रहार गरिएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीले उनीहरू चिनजानको भएको बताएको छ । एक बटुवाले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए । शिमुरालाई तत्काल अस्पताल लगिएकोमा बुधबार बिहान सबेरै उनको मृत्यु भयो । आइची प्रिफेक्चरको कासुगाई शहरकी इटो घटनास्थलबाट कारमा भागेकी थिइन् ।

तर, बुधबार बिहान ३ः५० बजे आइची प्रिफेक्चरकै टोगो शहरबाट प्रहरीले उनलाई पक्राउ गर्‍यो । घटनास्थलको सडकमा रहेको सीसीटीभी क्यामेराको फुटेज विश्लेषणपछि उनको कार पहिचान भएको थियो । इटोले शिमुरालाई छुरा प्रहार गरेको स्वीकार गरेकी छिन् तर हत्या गर्ने मनसाय भने नरहेको बयान दिएकी छन् ।

शिमुरा आइची प्रिफेक्चरको कासुगाई शहरमा मुख्यालय रहेको सुरक्षा अलार्म उत्पादन तथा बिक्री गर्ने कम्पनीका अध्यक्ष थिए । अनुसन्धानकर्ताहरूका अनुसार, घटना हुनुभन्दा ठीक अघि इटो शिमुरालाई उनको अपार्टमेन्टमा भेट्न गएकी थिइन् र उनीहरू अपार्टमेन्टबाट बाहिर निस्किएपछि इटोले शिमुरामाथि छुरा प्रहार गरेको आरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया