टोकियो – पूर्वी टोकियोमा हालै भएको विस्फोट स्थलबाट बरामद गरिएको एक ग्यास सिलिन्डरको म्याद सन् १९६४ को नोभेम्बरमै सकिएको एक अनुसन्धान स्रोतले बिहीबार जानकारी दिएको छ ।
उक्त विस्फोटमा १० जना घाइते भएका थिए भने दर्जनौं भवनहरूमा क्षति पुगेको थियो । यो घटना मंगलबार इदोगावा वार्डस्थित एक निर्माण स्थलमा नयाँ घरको लागि पाइलिङ गर्ने क्रममा भएको हो ।
उक्त स्थान करिब ४० वर्षदेखि पार्किङ स्थलको रूपमा प्रयोग हुँदै आएको थियो । प्रहरीले कामदारहरूले जमिनमुनि रहेको उक्त सिलिन्डरमा ड्रिल गरेपछि त्यसमा रहेको एसिटिलिन ग्यास (जुन धातु वेल्डिङ गर्न प्रयोग गरिन्छ) मा आगो लागेको हुनसक्ने विश्वास लिएको छ ।
बुधबार प्रहरीले बरामद गरेको उक्त सिलिन्डरमा करिब ६ सेन्टिमिटर व्यासको प्वाल परेको थियो र त्यो पूरै खियाले ढाकिएको अवस्थामा थियो । अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन् ।