Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

काठमाडौं – रौतहटमा भएको चर्चित बम विस्फोट तथा हत्याकाण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ । बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको जन्मकैदको फैसलालाई उल्ट्याउँदै आलमलाई रिहा गर्न आदेश दिएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमसहित चार जनालाई राजपुर बम विस्फोट र त्यसपछिको सामूहिक हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैद पाउने अन्यमा उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी थिए ।

पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति तत्कालीन राजपुर फरदवा गाविस (हाल राजपुर नगरपालिका) मा भएको बम विस्फोट र घटनाका प्रमाण मेटाउन २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा आलमसहित ११ जनाविरुद्ध २०۷६ साल कात्तिक १८ गते मुद्दा दायर भएको थियो। सोही मुद्दामा कांग्रेस नेता आलम २०७६ असोज २६ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सदर गरेको थियो ।

उच्च अदालतले आलमलाई सफाइ दिनुका मुख्य आधारहरू निम्न रहेका छन्:-

  • संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४ चैत २७ गते बम विस्फोटको वारदात भएको वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको ।
  • घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण भेटिन नसकेको ।
  • विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकहरूलाई इँटाभट्टामा पोलेको अभियोग पुष्टि हुन नसकेको ।

तपाईको प्रतिक्रिया