Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढंगले आक्रमण भइरहेको बताएका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको भन्दै विपक्षी दलहरूले सदनमा बोल्न अवरोध गरेपछि संसद् भवनस्थित ल्होत्से हलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले आफूमाथिको आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको जिकिर गरे । उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ।  यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षड्यन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’

आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सबैले आफूलाई सार्वजनिक रूपमै नियालिरहेको दाबी गरे ।

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको विषयलाई जोडेर मन्त्रीको समेत संलग्नता रहेको भनी गरिएको प्रचारप्रसार र सामाजिक सञ्जालमा आएका समाचार तथा धारणाहरू पूर्णतः असत्य रहेको उनको भनाइ थियो ।
‘यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत जसरी धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो । मेरो कुनै संलग्नता छैन,’ उनले दृढतापूर्वक भने ।

तपाईको प्रतिक्रिया