Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

काठमाडौं – विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सूचना टाँस गरी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलहरूले सदन अवरुद्ध पारेपछि बैठक बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि सारिएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुनुअघि नै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको अडान नछोड्ने स्पष्ट पारेका थिए । यसअघि मंगलबार पनि विपक्षीहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

सदनमा जारी गतिरोधका बीच सरकारले बिहीबार, जेठ १५ गते, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने महत्वपूर्ण कार्यसूची रहेको छ । बजेटजस्तो संवेदनशील विषयमा छलफल हुनुपर्ने बेलामा सदन अवरुद्ध हुँदा बजेट निर्माण प्रक्रिया र आगामी आर्थिक योजनामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिएका छन् भने सत्तापक्षले भने छानबिन प्रक्रिया अघि बढाएर दोषी देखिए कारबाही गर्ने तर राजीनामा दिन नपर्ने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया