Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगहरूलाई नयाँ विद्यार्थी भिसा आवेदनहरू तत्कालका लागि रोक्न आदेश दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको प्रशासनले विद्यार्थी भिसा चाहनेहरूका सामाजिक सञ्जालहरू गहन रूपमा परीक्षण गरिने नीति अघि बढाएको छ।

अमेरिकी विदेश मन्त्रालयले विश्वभरका दूतावास तथा वाणिज्यदूतावासहरूलाई पठाएको निर्देशनमा विदेश मन्त्री मार्को रुबियोले अर्को सूचनासम्म नयाँ आवेदनहरू स्थगनमा राख्न भनिएको छ। निर्देशनमा भनिएको छ, ‘ ‘विद्यार्थी तथा बिदेशी विनिमय कार्यक्रमका लागि आवेदन दिनेहरूका सामाजिक सञ्जालको जाँच प्रक्रिया अझ कडाइका साथ अगाडि बढाइनेछ,’जसले विश्वभरका अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूमा ‘गम्भीर प्रभाव’ पार्नेछ।

यो निर्णय राष्ट्रपति ट्रम्प र अमेरिकी विश्वविद्यालयहरूबीच चर्किंदो विवादको सन्दर्भमा आएको हो। ट्रम्पले देशका केहि प्रमुख शैक्षिक संस्थाहरूमाथि वामपन्थी विचारधाराको प्रचार गरेको आरोप लगाउँदै आएका छन्। साथै, उनले विश्वविद्यालयहरूमा यहूदी विरोधी गतिविधिहरूलाई स्थान दिइएको र जातीय आधारमा भर्ना प्रक्रिया भेदभावपूर्ण रहेको आरोपसमेत लगाएका छन्। विशेषगरी हार्वर्ड विश्वविद्यालयसँग ट्रम्प प्रशासनको विवाद पछिल्ला महिनाहरूमा झनै चर्किएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया