Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सङ्घीय संसदका दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आजका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ। मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण बैठक स्थगित भएपछि आजको बैठक महत्वपूर्ण मानिएको छ।

प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेश गर्नेछन्। साथै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ माथि दफावार छलफल गरी पारित गर्ने प्रस्ताव पनि राखिनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। युवा तथा खेलकुद र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

राष्ट्रियसभामा पनि अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेस गर्नेछन् भने कानुनमन्त्री अजयकुमार चौरसियाले केही नेपाल ऐन संशोधन विधेयक विधायन समितिमा पठाउने प्रस्ताव ल्याउनेछन्। विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ राष्ट्रियसभामा पनि मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया