Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। यसका लागि प्रदेशसभा बैठक जेठ १४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बैठकमा नीति कार्यक्रम वाचन गर्नेछन्। सभामुख भुवनकुमार पाठकले सबै सांसदलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १० मिनेटअघि उपस्थित हुन निर्देशन दिएका छन्।

सरकारले नीति कार्यक्रम तयार पार्न विषयगत मन्त्रालयहरूबाट सुझाव संकलन गरी मंगलबार बसेको मन्त्रीपरिषद् बैठकमा स्वीकृत गरिसकेको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाका अनुसार आगामी नीति कार्यक्रम कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर तयार पारिएको छ। मुख्यमन्त्री लामाले यस वर्षको नीति कार्यक्रम नारामुखी नभई प्रभावकारी र उपलब्धिमूलक हुने बताए। उनले लगानीको स्पष्ट मोडल तय गरेर लगानी बोर्ड गठन गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

यसअघि आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेका थिए। जसमा दुई दिन संसद्ले छलफल गरेको थियो।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया