Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ १५, २०८२
Wednesday, May 28, 2025

काठमाडौं – नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरोध गर्ने प्रतिपक्षी दलहरूको व्यवहारलाई असंसदीय र अराजनीतिक भन्दै तीव्र आलोचना गरेका छन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले हाल गृहमन्त्रालयका केही कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई लिएर गृहमन्त्रीमाथि नैतिक जिम्मेवारीको बहानामा राजीनामा माग्नु राजनीतिक पूर्वाग्रहको उपज भएको बताए । उनले विगतमा पनि सयौं कर्मचारीमाथि छानबिन भएका उदाहरण प्रस्तुत गर्दै भने, ‘जहाँ कर्मचारी अनुसन्धानको घेरामा छन्, त्यसलाई लिएर मन्त्रीलाई दोषी ठहर गर्दै पदत्यागको माग गर्नु तर्कसंगत होइन । यसको दोहोरिने प्रवृत्तिले हरेक दिन नयाँ मन्त्रीको राजीनामा माग्ने परिस्थिति उत्पन्न हुन्छ ।’

बर्तौलाले संसद जस्तो संवैधानिक निकायमा बहस र संवादमार्फत समस्या समाधान गर्नुको सट्टा नाराबाजी र अवरोधमा उत्रनु लोकतान्त्रिक संस्कारविपरीत भएको उल्लेख गरे । ‘संसदमा बारम्बार दोहोरिने यस्ता घटनाहरू गम्भीर चिन्ताको विषय हुन्,’ उनले भने ।

बर्तौलाले प्रतिपक्षी दलहरू जनचासोका मुद्दामा भन्दा पनि आरोप-प्रत्यारोपमा केन्द्रित भएको आरोप लगाउँदै भने, ‘जहाँ समस्या छ, त्यहीँ हान्नुपर्छ । तर अहिलेको प्रवृत्ति ‘धान काट्ने मुसा, दोष पाउने भ्यागुता’ जस्तो हुँदै गएको छ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया