Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ १५, २०८२
Wednesday, May 28, 2025

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणका विषयमा गृहमन्त्रीमाथि माग गरिएको राजीनामालाई ‘पूर्वाग्रही’ टिप्पणी गरेका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद खतिवडाले अनुसन्धानको नाममा गृहमन्त्रीलाई लक्षित गरी गरिएको आक्रोश राजनीतिक पूर्वाग्रहको उपज भएको जिकिर गरे ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनका अनुसार, उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संवैधानिक अधिकार अन्तर्गत स्वतन्त्ररूपमा छानबिन गरिरहेको छ । ‘गल्ती जो-कोहीबाट भएको हो भने उसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ खतिवडाले भने, ‘तर अनुसन्धानकै आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने माग न्यायसंगत छैन ।’

सांसद खतिवडाले गृहमन्त्रालयअन्तर्गत हजारौं कर्मचारी कार्यरत रहेको जनाउँदै कुनै एक वा केही कर्मचारीमाथि लागेको आरोपका आधारमा मन्त्रीमाथि नैतिक जिम्मेवारी थोपर्नु अव्यवहारिक भएको धारणा राखे । उनले भने, ‘उजुरी परेपछि निष्पक्ष अनुसन्धान हुन दिनुपर्छ । दोषी पुष्टि भए जुनसुकै तहको व्यक्ति कारबाहीको दायरामा आउनै पर्छ । तर उजुरीकै भरमा मन्त्रीलाई नै राजीनामा माग्नु राजनीति प्रेरित हो ।’

खतिवडाले अख्तियारमा उजुरी लेख्ने परिपाटी व्यापक बनेको उल्लेख गर्दै कतिपय सरकारी कार्यालयमा उजुरीको व्यवस्थापनका लागि छुट्टै कर्मचारी राखिएको तथ्यसमेत उल्लेख गरे । ‘अहिले त एकजना कर्मचारीको जिम्मा उजुरीको जवाफ दिनु मात्रै भइसकेको छ,’ उनले तर्क गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै संघीय संसदको बैठक लगातार अवरुद्ध गरिरहेका छन् । उनीहरूले स्वतन्त्र, निष्पक्ष र गहिरो छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि अघि सारेका हुन् ।

तपाईको प्रतिक्रिया