Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ १५, २०८२
Wednesday, May 28, 2025

टोकियो – जापानको कानागावा प्रान्तस्थित आत्सुगी शहरमा सोमबार एक रियल इस्टेट कम्पनीका अध्यक्षमाथि उनकै कार्यालयमा छुरा प्रहार भएको छ । ७० वर्षीय उनलाई छुरा प्रहार गर्ने ५९ वर्षीय मासाकी ओमोरिलाई प्रहरीले पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दिउँसो करिब १ः३५ बजे ओमोरिले पीडित अध्यक्षको पिठ्युँ र पेटमा छुरा प्रहार गरिएको थियो । घटनालगत्तै ओमोरि कार्यालयबाट भागेका थिए । भागेको करिब ४० मिनेटपछि, अर्थात् दिउँसो २ः१५ बजे, घटनास्थलबाट लगभग ४०० मिटर टाढा नियमित सोधपुछका क्रममा प्रहरी अधिकारीले ओमोरिलाई पक्राउ गरेको हो ।

रोकेका थिए । सोधपुछका क्रममा ओमोरिले प्रतिरोध गर्दै आफ्नो दाहिने हातले प्रहरी अधिकारीको घाँटी थिचेका थिए। प्रहरीले उनलाई तत्कालै पक्राउ गरी सरकारी काममा बाधा पुर्‍याएको अभियोग लगाएको छ।

कम्पनीका एक कर्मचारीले पीडित अध्यक्ष र आक्रमणकारी ओमोरिबीच चिनजान रहेको बताएका छन् । प्रहरीका अनुसार, ओमोरिले बयान दिन अस्वीकार गरेका छन् । ‘मेरो आधारभूत मानवअधिकार सुरक्षित नगरिएको महसुस भएकाले म कुनै पनि प्रश्नको जवाफ दिन चाहन्नँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया