Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

टोकियो – विगत ३४ वर्षदेखि विश्वको शीर्ष ऋणदाताको रूपमा रहेको जापान पहिलोपटक यो स्थानबाट तल झरेको छ । जर्मनीले जापानलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो ऋणदाता राष्ट्र बनेको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यद्यपि कमजोर येनका बाबजुद पनि जापानको खुद बाह्य सम्पत्ति भने हालसम्मकै उच्च विन्दुमा पुगेको जापानको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्षको अन्त्यसम्ममा जापानको कुल बाह्य सम्पत्ति अघिल्लो वर्षको तुलनामा १२ दशमलव ९ प्रतिशतले वृद्धि भई ५३३.०५ ट्रिलियन येन (करिब ३.७ ट्रिलियन अमेरिकी डलर) पुगेको थियो । यो रकम पहिलोपटक ५०० ट्रिलियन येन नाघेको हो । तथापि, यो आँकडा जर्मनीको ५६९.६५ ट्रिलियन येनभन्दा कम रहेको छ ।

मन्त्रालयका अनुसार, येनको अवमूल्यनले जापानको विदेशी मुद्रामा रहेको सम्पत्ति (जसमा सेयर, बन्ड तथा अन्य होल्डिङहरू पर्दछन्)लाई स्थानीय मुद्रामा रूपान्तरण गर्दा मूल्य बढाएको हो । अर्कोतर्फ, जर्मनीले ठूलो चालु खाता बचतबाट लाभ उठाएको मन्त्रालयले उल्लेख गरेको छ । जापानले लगातार सातौँ वर्ष आफ्नो खुद बाह्य ऋण बढाएको छ । घरेलु वित्तीय संस्था तथा व्यापारिक घरानाहरूले संयुक्त राज्य अमेरिकामा गरेको प्रत्यक्ष लगानीका कारण कुल बाह्य सम्पत्ति ११ दशमलव ४ प्रतिशतले वृद्धि भई १,६५९.२२ ट्रिलियन येन पुगेको छ ।

यसैगरी, बाह्य दायित्व पनि १० दशमलव ७ प्रतिशतले बढेर १,१२५.९७ ट्रिलियन येन पुगेको छ । मन्त्रालयका अनुसार, सन् २०२४ को अन्त्यमा अमेरिकी डलर १५७.८९ येनमा कारोबार भइरहेको थियो, जुन अघिल्लो वर्षको १४१.४० येनको तुलनामा ११ दशमलव ७ प्रतिशतले बढी हो ।

देश तथा क्षेत्रगत रूपमा हेर्दा, जापान खुद बाह्य सम्पत्तिको दोस्रो ठूलो धारकको रूपमा रहेको छ, जसलाई चीनले ५१६.२८ ट्रिलियन येनसहित पछ्याएको छ । यसको विपरीत, संयुक्त राज्य अमेरिकाको खुद बाह्य दायित्व ४,१०९.२६ ट्रिलियन येन रहेको छ, जसको अर्थ उसको विदेशी ऋण उसको विदेशमा रहेको सम्पत्तिभन्दा धेरै बढी छ ।

अन्य राष्ट्रहरूको आँकडालाई गत वर्षको अन्त्यमा अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रकाशित गरेको विनिमय दर प्रयोग गरी येनमा रूपान्तरण गरिएको जापानी अर्थ मन्त्रालयले जनाएको छ । यो परिवर्तनले विश्व अर्थतन्त्रमा भइरहेको शक्ति सन्तुलनको बदलावलाई सङ्केत गरेको छ।

तपाईको प्रतिक्रिया