Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

टोकियो – जापानको यामानाशी प्रान्तस्थित मिनामी आल्प्स शहरमा एक १६ वर्षीय किशोरले आफ्नै ६९ वर्षीय बुबाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय प्रहरीका अनुसार, शनिबार बिहान करिब ९:४० बजे ती किशोर आफैं प्रहरी चौकीमा उपस्थित भई आफूले बुबाको हत्या गरेको स्वीकार गरेका थिए । प्रहरीले तत्काल किशोरको घरमा पुगेर अनुसन्धान गर्दा उनका बुबा ओछ्यानमा छुरा प्रहारबाट रक्ताम्मे भई अचेत अवस्थामा लडिरहेका भेटिएका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि शनिबार साँझ करिब ६:३० बजे उनको मृत्यु भएको थियो ।

हाई स्कूलमा अध्ययनरत ती किशोर आफ्ना बाबुआमासँग बस्दै आएका थिए । घटना हुँदा उनकी आमा काममा गएको बताइएको छ । प्रहरीले मृतकको शयनकक्षबाट रगत लतपतिएको चक्कु बरामद गरेको छ ।

किशोरका एक घनिष्ठ मित्रले प्रहरीलाई दिएको बयानअनुसार, उनले सन् २०२३ को शरद ऋतुदेखि नै आफ्ना बुबाको अन्य महिलाहरूसँगको सम्बन्धबारे बारम्बार कुराकानी गर्ने गरेका थिए । आमाबाहेक अन्य महिलाहरू घरमा निरन्तर आउजाउ गरिरहने विषयले उनी निकै चिन्तित रहेको मित्रले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया