Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

काठमाडौं – नेपाली सांगीतिक आकाशमा फेरि एकपटक गहिरो प्रेमभाव बोकेको नयाँ गीत ‘लाजको पर्दा…’ सार्वजनिक भएको छ । गायिका सुनितामी परियारको अफिसियल युट्युब च्यानलबाट हालै सार्वजनिक भएको गीत छोटो समयमै दर्शक-श्रोताको मन जित्न सफल हुँदै गएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खेम सेन्चुरी र सुनितामीको सुमधुर स्वरले सजिएको गीतले प्रेमको मौन तर शक्तिशाली अभिव्यक्तिलाई प्रस्तुत गरेको छ । अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक भूमिमा जन्मेर हाल काठमाडौँमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कलामार्फत आफ्नो पहिचान बनाउन सफल सुनितामी नेपाली सांगीतिक क्षेत्रमा सभ्य, अनुशासित र सुन्दरी गायिकाका रूपमा परिचित छिन् ।

गीतका सशक्त र मार्मिक शब्दहरू प्रसिद्ध गीतकार बिमल कौशलले लेखेको हुन् । उनकै प्रस्तुतीमा रहेको गीतका शब्दहरूले नेपाली समाजमा व्याप्त लाज, संकोच र मनभित्र लुकेका भावनालाई सूक्ष्म तर गहिरो ढंगले उतारेको छ । गीतमा चर्चित संगीतकार हाकिम सुनारको संगीत संयोजन रहेको छ भने भिडियोको निर्देशन कुशल निर्देशक बिक्रम चौहानले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बालकलाकार आरुशी कार्कीको मनछुने संवेगात्मक अभिनयले विशेष चर्चा पाइरहेको छ । भिडियोमा नायिका जुना विश्वकर्मा र बालकलाकार युनिश घिमिरेको पनि उपस्थिति रहेको छ, जसले गीतको समग्र कथावस्तुलाई थप गहिराइ र जीवन्तता प्रदान गरेको छ ।

भिडियोको हरेक दृश्य, गीतको लय र शब्दले प्रेमलाई सम्मानित रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । नेपाली समाजमा अझै पनि प्रेमलाई खुलेर अभिव्यक्त गर्न हिच्किचाइने परिवेशमा, यही हिच्किचाहटभित्र लुकेको सौन्दर्यलाई गीतान कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया