Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

रोजगारीका लागि आकर्षक गन्तब्य मानिने जापानले नेपाली श्रमिकलाई स्वागत गर्न आतुर छ र त्यसका लागि आफ्नो तर्फबाट सबै प्रक्रिया पनि पूरा गरिसकेको अवस्था छ । जापानले नेपाली श्रमिकहरु सरकारी तवरबाटै जापान आऊन् भन्ने चाहना राखेको पाईन्छ । तर जुन देशका नागरिकलाई रोजगारी चाहिएको हो, त्यही देशले भने उक्त विषयलाई त्यति महत्व नदिएको जस्तो देखिन्छ । नेपाल सरकारले संस्थागत रूपमा जापानमा नेपाली पठाउने बाटो खुल्ला गरेको छैन । सरकारले एक सयभन्दा बढी देशमा रोजगारीका लागि नेपालीहरु जान सक्ने गरी संस्थागत अनुमतिको बाटो खुला गरेको भएता पनि जापानका लागि भने संस्थागत बाटो खुल्ला गरेको छैन ।
चलनचल्तीको भाषामा भन्नुपर्दा नेपाल सरकारले न त मेनपावर एजेन्सीहरुलाई जापानमा श्रमिक पठाउने अनुमति दिएको अवस्था छ भने न त सरकारी तवरबाटै कुनै संयन्त्र बनाएर यसको जिम्मेवारी सुम्पिएको अवस्था छ । यतिका वर्षसम्म यो विषयमा उपयुक्त व्यवस्थापन नहुँदा नेपालले एउटा आकर्षक रोजगारीको गन्तब्य मुलुकको अवसर उपयोग गर्न सकिरहेको छैन ।
संभव भएसम्म युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्थापन गर्नु राज्यको दायित्व हो । रोजगारीको हक संविधान प्रदत्त मौलिक हक पनि हो । तर देशभित्रै अझै यो संभव नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको बाध्यता हो । खाडीमै भएपनि युवाहरु पठाइरहेको देश नेपालका लागि जापानजस्तो मुलुकमा प्राप्त रोजगारीको अवसरलाई अपेक्षित उपयोग गर्न नसक्नु दुखद पक्ष हो । त्यसो भएको हुनाले नेपाल सरकारले एउटा सुस्पष्ट मापदण्ड बनाई विधि प्रक्रिया पुर्‍याएर जापानमा नेपाली श्रमिक पठाउन बेलैमा एउटा प्रभावकारी च्यानल तयार गर्नुपर्दछ । यो काम गर्न धेरै ढिला भईसकेको छ अझै ढिला गर्दै जाने हो भने यो अवसर नेपालको हातबाट गुम्न पनि सक्छ ।
सन् २०१९ को अप्रिल महिनादेखि जापान सरकारले थप गरेको एसएसडब्लु भिसा क्याटगोरीमा विदेशी श्रमिकहरु जापान भित्र्याउने नीति अनुसार अन्य मुलुकहरुले यसको भरपुर उपयोग गरिरहँदा नेपालले भने अपेक्षित लाभ लिन सकिरहेको छैन । उसो त एसएसडब्लु अन्तर्गत जापानले थप कार्यक्षेत्र बिस्तार गर्ने भएको छ । यो अर्को खुशीको विषय भएता पनि अझै नेपाली युवाहरु मलेसिया तथा खाडी राष्ट्रहरुमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य छन् । जापान सरकारले दिएको आकर्षक रोजगारीको अवसर उपयोग हुन सकिरहेको छैन । आफ्ना नागरिकहरुका लागि हित हुने विषयमा राज्यले उपयुक्त समयमा उपयुक्त कदम चाल्न ढिला गर्नुहुँदैन ।
चर्को कामदार अभाव खेपिरहेको जापानको श्रम बजारमा नेपाली श्रमिकहरुको सहज पहुँच हुने वातावरण निर्माण गर्ने दायित्व नेपाल सरकारको हो । अन्यथा कुनै न कुनै क्षिद्रहरुको उपयोग गर्दै मध्यस्थकर्ताहरुले आफ्नो भूमिका सक्रिय बनाउन सक्ने संभावना रहन्छ । त्यसो भएको हुनाले नेपाल सरकारले जापानको रोजगारीको अवसरलाई गुम्न नदिन प्रभावकारी संयन्त्र निर्माण गरी अगाडि बढ्न जरुरी छ । श्रमिक पठाउने सन्दर्भमा रोजगारदाता राष्ट्र जापानलाई विश्वस्त बनाउँदै कुनै पनि अनिमियतता नहुने गरी आफ्ना नागरिक लाभान्वित हुने विषयलाई केन्द्रमा राखी नेपाल सरकारले श्रमनीति अवलम्बन गर्नुपर्दछ । यो अवसरलाई अब राज्यले त्यति हलुकारुपमा लिईनु हुँदैन । संभवभएसम्म नेपाल सरकारले आफ्नै संयन्त्रबाट विधि र प्रक्रिया पुर्‍याएर जापानको रोजगारीको ढोका खोल्नुपर्छ नभए मापदण्ड पुगेका वैदेशिक रोजगार व्यवसायका च्यानलहरुलाई मार्ग प्रशस्त गरिदिनुपर्छ । अवसरलाई गुम्नबाट बचाउन राज्य चुक्नुहुँदैन ।
जापानमा रोजगारी मात्रै छैन । एकजना नेपाली जापान टेकेकै दिनदेखि उसले जापानको लोभलाग्दो सँस्कार र सँस्कृति पनि देख्छ, सिक्छ । यहाँको सरसफाई, श्रमप्रतिको सम्मान, इमान्दारिता, मिहिनेत र समयको महत्व अनि अनुशासन पनि देख्छ, भोग्छ र थोरबहुत सिक्छ पनि । यो उसको जीवनको अर्को सबैभन्दा ठूलो कमाई हुन सक्छ । केही वर्षको मिहिनेतपछि उसले जापानमा अन्य थप अवसरहरु पनि देख्नसक्छ र त्यसबाट लाभ लिन पनि सक्छ । राज्यको अलमल र अन्यौलताले आफ्ना नागरिकलाई अवसरबाट वञ्चित हुन दिनुहुँदैन ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया