Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ १३, २०८२
Monday, May 26, 2025

टोकियो – गत फेब्रुअरीमा इवाते प्रिफेक्चरको ओओफुनातो सिटीमा पर्ने वन क्षेत्रमा लागेको डढेलोबाट उक्त प्रिफेक्चरलाई ठूलो क्षति भएको थियो । डढेलोबाट प्रभावित उक्त क्षेत्रको पुनर्निर्माण र मर्मतसंभारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले सांकेतिक सहयोग स्वरुप ३० हजार येन आर्थिक सहयोग पठाएको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मोना जापानले उक्त सहयोग राशी इताबासी सिटी कार्यालय मार्फत सम्बन्धित प्रभावित क्षेत्रमा पठाउनेगरी गत बुधबार इताबासी सिटीका प्रशासकीय अधिकृत युताका खातोउलाई हस्तान्तरण गरिएको हो ।

मोना जापानले गत वर्षको अप्रिल महिनामा इताबासी कु संग सहकार्य गरी मोना इताबासी फेस्टिवलको आयोजना गरेको थियो । मोना जापान र इताबासी कु बीच रहिआएको असल सम्बन्ध र सहकार्यलाई निरन्तरता प्रदान गर्न सांकेतिक सहयोग स्वरुप उक्त सहयोग राशी पठाईएको मोना जापानले जानकारी दिएको छ ।

स्मरण रहोस, मोना जापानले जिल्लाबासीहरुका साथै जापानको नेपाली समुदायमा भईपरि आउने समस्याहरुमा सहयोग र सहकार्य गर्दै आइरहेको छ । हालैमात्र म्याग्दी जिल्ला मंगला गाउँपालिका घर भै जापानको फुकुओकामा बस्दै आएका बिरामी चोकबहादुर बुढाथोकीलाई स्वास्थ्योपचारका लागि आर्थिक सहयोग जुटाई पठाएको थियो ।***

तपाईको प्रतिक्रिया