Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ १३, २०८२
Monday, May 26, 2025

टोकियो – जापानका करिब ६० प्रतिशत नागरिकले नयाँ कृषि मन्त्रीको आगमनसँगै देशमा आकाशिएको चामलको मूल्यमा गिरावट आउने अपेक्षा गरेका छन् । उपहारमा पाएको चामलबारे विवादास्पद टिप्पणी गरेपछि पूर्ववर्ती मन्त्री पदमुक्त भएका थिए । क्योदो न्युजले आइतबार सार्वजनिक गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शनिबारदेखि दुई दिनसम्म टेलिफोनमार्फत गरिएको उक्त सर्वेक्षणमा ५९.८ प्रतिशत उत्तरदाताले नयाँ कृषि, वन तथा मत्स्यपालन मन्त्री सिन्जिरो कोइजुमीको नेतृत्वमा चामलको मूल्य घट्ने आशा व्यक्त गरेका छन् । तथापि, ३५.१ प्रतिशतले भने मन्त्री परिवर्तनले मूल्यमा कुनै तात्विक असर नपर्ने बताएका छन् ।

सर्वेक्षणले ४४.७ प्रतिशत जापानी नागरिक चामलको मूल्य प्रति ५ किलोग्राम ३,००० येनभन्दा तल झार्नुपर्ने पक्षमा रहेको देखाएको छ, जुन प्रधानमन्त्री सिगेरु इशिबाले हालै गरेको प्रतिबद्धताभन्दा कम हो । यसको विपरीत, ४५.० प्रतिशतले प्रधानमन्त्रीद्वारा लक्षित मूल्य कटौतीलाई ‘उपयुक्त’ मानेका छन् भने केवल ७.६ प्रतिशतले मात्र मूल्य अझ बढी हुनुपर्ने धारणा राखेका छन् ।

बुधबार तत्कालीन कृषि मन्त्री ताकु इतोलाई पदबाट हटाइएको विषयमा ४२.२ प्रतिशतले यो कदम अझ चाँडो चालिनुपर्थ्यो भन्ने मत व्यक्त गरेका छन् । मन्त्री इतोले मे १८ मा आयोजित एक कोष वृद्धि कार्यक्रममा आफूले कहिल्यै ‘चामल किन्नु नपरेको’ किनभने समर्थकहरूबाट प्रशस्त मात्रामा उपहार पाउने गरेको विवादास्पद अभिव्यक्ति दिएपछि चर्को आलोचनाको शिकार भएका थिए ।

अनियन्त्रित रूपमा बढेको चामलको मूल्यवृद्धिका कारण अधिकांश घरपरिवार संघर्ष गरिरहेको बेला उनको टिप्पणी असंवेदनशील भएको भन्दै उपभोक्ता तथा सांसदहरूले कडा आलोचना गरेका थिए । प्रधानमन्त्री इशिबाले सुरुमा इतोलाई पदमा कायम राख्न चाहे पनि अन्ततः विपक्षीको दबाबका अगाडि झुक्न बाध्य भएका थिए ।

पछिल्लो सर्वेक्षणअनुसार प्रधानमन्त्री इशिबाको मन्त्रिपरिषद्को समर्थन दर ४.३ प्रतिशत विन्दुले बढेर ३१.७ प्रतिशत पुगेको छ । गत साताको सर्वेक्षणमा यो दर कम थियो । मन्त्रिपरिषद्प्रतिको असन्तुष्टि दर भने ५५.१ प्रतिशतबाट घटेर ५२.६ प्रतिशतमा झरेको छ ।

तपाईको प्रतिक्रिया