Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ १२, २०८२
Sunday, May 25, 2025

काठमाडौं – युक्रेनमा भएको पछिल्लो रूसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रुसले राजधानी किभसहित देशका विभिन्न स्थानमा भारी संख्यामा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार रुसले किभमा मात्रै २५० ड्रोन र १४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । ती आक्रमणका कारण राजधानीलगायतका धेरै क्षेत्रमा आवासीय भवनहरूमा भीषण आगलागी भएको बताइएको छ। राजधानी किभमा मात्र १४ जना घाइते भएका छन् ।

यस भीषण आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा प्रतिक्रिया दिँदै मस्को (रुस) नै युद्ध लम्ब्याउने पक्षमा रहेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘यस्ता हरेक आक्रमणबाट विश्व अझ स्पष्ट हुँदै गइरहेको छ- युद्धको लम्बाइ मस्कोको निर्णयबाट निर्देशित छ ।’

आक्रमणले सामान्य नागरिकहरूको जनजीवन प्रभावित बनाएको छ भने युक्रेनमा मानवीय संकट झनै गहिरिएको छ । रूसी आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायबाट प्रतिक्रिया आउन सुरु भइसकेको छ । यसअघि पनि रुसले युक्रेनका ऊर्जास्रोत, आवासीय क्षेत्र र आधारभूत पूर्वाधारलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएको छ । पछिल्लो आक्रमणलाई युद्धको एक भयावह रूपका रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया