Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ११, २०८२
Saturday, May 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कोइरालाले अध्यागमन विभागमा उठेको भ्रष्टाचारसम्बन्धी विषयले गम्भीरता लिएको बताउँदै, निष्पक्ष छानबिनका लागि मन्त्री लेखकले बाटो खुला गर्नु आवश्यक रहेको बताएका हुन्।

कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले छानबिनलाई सहज बनाउन स्वेच्छिक राजीनामा दिएका उदाहरण दिदै गृहमन्त्री लेखकले पनि राजीनामा दिनु उपयुक्त हुने बताए। संवैधानिक निकायहरू सचिवस्तरीय सेवानिवृत्त अधिकारीहरूको “रिटायरमेन्ट क्लब” जस्तो बनेको भन्दै कोइरालाले कुलिङ पिरियड (विश्राम अवधि) आवश्यक भएको धारणा राखे।

लोकतान्त्रिक मूल्यमा आधारित दलहरूले जनताको मतप्रतिको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाका विषयमा जनमतसंग्रह गराउन सकिने पनि बताएका छन्। अन्त्यमा, कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ साल मंसिरमै गर्नुपर्ने अडान पुनः दोहोर्‍याए। उनले पार्टीका कार्यकर्ताहरूलाई महाधिवेशनको सुनिश्चितताका लागि दबाब दिन आह्वान समेत गरे।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया