Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ११, २०८२
Saturday, May 24, 2025

काठमाडौं – सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको उच्च तहका बैठकहरू बोलाएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्नुपर्ने मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि रास्वपा सचिवालयको आकस्मिक भर्चुअल बैठक बसेको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैठकले उत्पन्न परिस्थितिबारे गम्भीर छलफल गर्न थप बैठक आह्वान गरेको पार्टीले जनाएको छ । रास्वपाका अनुसार आज दिउँसो ३ बजे पुनः सचिवालयको भर्चुअल बैठक र त्यसपछि ४ बजे केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम तय भएको छ ।

यसैबीच, रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ । पार्टीभित्र नेतृत्व, संगठन र आगामी रणनीतिलाई लिएर गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।

शुक्रबार सर्वोच्च अदालतको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै, सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेशलाई यथावत् राखेको थियो ।

तपाईको प्रतिक्रिया