Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ११, २०८२
Saturday, May 24, 2025

टोकियो – अन्य विदेशीका साथै नेपालीहरुको बाक्लो उपस्थिति रहेको शिनओकुबोमा जून १ तारिख आईतबार इन्टरनेशनल फेस्टिवल हुन भएको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शिनओकुबो-ओकुबो क्षेत्रमा ब्यवसायिक गतिविधि गरिरहेका जापानी तथा विदेशीहरुबीच पारस्परिक सम्बन्ध स्थापित गर्ने, सामाजिक तथा साँस्कृतिक विविधता आदान-प्रदान गर्ने र एकअर्काका मूल्य, मान्यता र सँस्कारलाई सम्मान गर्दै मिलेर अगाडि बढ्ने उद्देश्यका साथ गठन भएको इन्टर्नेशनल विजनेश कोअपरेशनले उक्त फेस्टिवलको आयोजना गरेको हो । जापानी, नेपाली, बंगलादेशी, कोरियन, भियतनामी र चिनिया सम्मिलित उक्त संस्थाको आयोजनामा हुने एक दिवसीय फेस्टिवलमा विभिन्न देशका खानाका स्टल, कला र सँस्कृति झल्काउने साँगीतिक कार्यक्रम, वेशभूषा प्रदर्शन र विभिन्न मुलुकको प्रतिनिधित्व गर्ने इन्डोर तथा आउडोर गेमहरु हुने छन् भने स-साना नानीबाबुहरुका लागि मनोरञ्जनजन्य गतिविधि पनि रहने छन् ।

बिहान ११ बजेखेखि अपरान्ह ४ बजेसम्म हुने उक्त फेस्टिवलमा स्थानीय जापानीहरुका साथै उक्त क्षेत्रमा ब्यवसायिक गतिविधी गरिरहेका विदेशी ब्यवसायीहरुको उत्साहकजनक उपस्थिति रहने अपेक्षा गरिएको छ । स्थानीय जनसमुदायलाई लक्षित गरी आयोजित उक्त मिनी फेस्टिवलमा करीव २ हजार जना मानिसहरुले अवलोकन गर्ने प्रक्षेपण गरिएको छ ।***

तपाईको प्रतिक्रिया