Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ ९, २०८२
Thursday, May 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ। बैठकको सुरुवातमै बोल्न खोज्दा मोदीलाई पोखरेलले रोक्न खोजेपछि विवाद सुरु भएको हो। पोखरेलले मोदीमाथि युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाउँदै संसदलाई प्रचारबाजीको थलो नबनाउन चेतावनी दिएका थिए।

यसअघि पनि यी दुईबीच यदाकदा विवाद हुने गरेका थिए। बैठकमा थप छलफल गर्न नसकिएपछि समिति अन्तर्गत गठन भएका सात कार्यदलको म्याद एक महिनाका लागि थप गरिएको छ। सञ्जय गौतम नेतृत्वको उपसमितिले लेखा समितिको कार्यक्षेत्रमा परेका ४८ उजुरी स्क्रिनिङ गरी कार्यदललाई जिम्मा दिएको थियो।

उक्त कार्यदलहरू टेलिकम, बीमा, मोबाइल बैंकिङ, एमसीसी, संस्कृति, पर्यटन, स्वास्थ्य, क्रसर, खेलकुद, सहकारी, वैदेशिक रोजगारलगायत क्षेत्रमा उजुरी छानबिनका लागि गठन गरिएका थिए।

सुरुमा १५ दिनको समय दिइए पनि अहिले दुई महिना पुग्दा पनि कुनै कार्यदलले प्रतिवेदन बुझाउन सकेका छैनन्। सभापति पोखरेलले कार्यदल विघटन गरी पूर्ण समितिबाट छानबिन गर्ने प्रस्ताव गरे पनि संयोजकहरू म्याद थपमा अडिग रहेपछि समय थप गर्ने निर्णय गरिएको हो।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया