Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ ९, २०८२
Thursday, May 22, 2025

टोकियो- टोकियो महानगर सरकारले यस गर्मीयाममा चार महिनाका लागि घरपरिवारलाई पानीको आधारभूत शुल्क मिनाहा गर्ने भएको छ । बढ्दो चरम गर्मीका बीच सर्वसाधारणलाई एयर कन्डिसनरको प्रयोगमा सङ्कोच नगरी शीतल रहन प्रोत्साहित गर्न र पानीको लागतमा राहत दिन यो कदम चालिएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस योजनाको लागत बेहोर्न आवश्यक ३६.८ अर्ब येन (करिब २५ करोड ६० लाख अमेरिकी डलर) सहितको पूरक बजेट विधेयक जुन महिनामा टोकियो महानगर सभाको अधिवेशनमा पेस गरिनेछ । ‘आकाशिएको मूल्यवृद्धिका कारण वास्तविक ज्यालामा निरन्तर गिरावट आइरहेको छ र यस वर्ष अत्यधिक गर्मी हुने पूर्वानुमानलाई ध्यानमा राख्दै हामी टोकियोवासीहरूको जीवन र दैनिकीको रक्षा गर्न चाहन्छौं,’ टोकियोकी गभर्नर युरिको कोइकेले भने ।

महानगर सरकारका अनुसार करिब ८२ लाख घरपरिवार यस योजनाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । टोकियोमा पानीको आधारभूत शुल्क सामान्यतया घरको पानीको पाइपको व्यासअनुसार ८६० येनदेखि १,४६० येनसम्म फरक पर्छ ।

सबैभन्दा सामान्य प्रकारको, अर्थात् २ सेन्टिमिटर व्यासको पानीको पाइप प्रयोग गर्ने घरपरिवारले यी चार महिनामा आफ्नो पानीको बिलबाट करिब ५,००० येन बचत गर्न सक्ने टोकियोका अधिकारीहरूले बताएका छन् । आधारभूत शुल्कबाहेक मिटरअनुसार खपत भएको पानीको शुल्क भने यथावत् रूपमा लाग्नेछ ।

जलवायु परिवर्तनका कारण टोकियोले हालैका वर्षहरूमा प्रचण्ड गर्मीको सामना गरिरहेको छ । गर्मी तथा लूका कारण अस्पताल भर्ना हुने मानिसहरूको सङ्ख्या बढ्दो छ र कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया