Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ ९, २०८२
Thursday, May 22, 2025

समाचार सुन्नुहोस :  

काठमाडौँ – काठमाडौंको गौशालास्थित पिंगलास्थाननजिक बुधबार बिहान एक सार्वजनिक बस दुर्घटनामा परेको छ। बिहान ठीक १०ः५५ बजे बाबा गोकर्णेश्वर यातायातको बा५ख ६७३५ नम्बरको बस तिलगंगातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो। सो क्रममा बसले अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ । सो बससहित आठवटा सवारीसाधनमा पनि क्षति पुगेको छ।

क्षति पुगेका अन्य सवारीमा एउटा हायस, तीनवटा कार, दुई मोटरसाइकल र एक स्कुटर रहेका छन्। तीमध्ये बा५ख ७३१ नम्बरको हायस, बाप्र–०१–०२६च ८५७६, बीएसी ९७७३, र बा१६च ४४५२ नम्बरका कारहरू, साथै प्र–२–०१–००३प १००५ र बा५१प २२ नम्बरका मोटरसाइकल तथा बाप्र–०२–०४६प ४८१९ नम्बरको स्कुटर रहेका छन्। दुर्घटनामा परेर तीन जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा धादिङका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका २२ वर्षीय विकास कट्टेल र खोटाङका ३७ वर्षीय शैलेन्द्र राई रहेका छन्। उनीहरूलाई तत्कालै उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ।

बस चालक भने घटनापछि फरार रहेको र खोजी कार्य जारी रहेको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया