Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ ९, २०८२
Thursday, May 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीचको सम्बन्ध पछिल्ला दिनमा झनै तनावपूर्ण बन्दै गएको छ। प्रारम्भमा औपचारिक र सहकार्यपूर्ण देखिएको सम्बन्ध अहिले आरोप–प्रत्यारोप र कटाक्षको स्वरूप लिएको छ। विवादको सुरुवात भने केन्द्र गिरिबन्धु टी–इस्टेटसँग सम्बन्धित जग्गा प्रकरण बनेको थियो। जसमा अदालतले ओली सरकारको निर्णय बदर गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्न थालेका थिए।

त्यसयता विवादले थप गति लिएको छ। न्यूरोडमा फुटपाथ विस्तारमा वडाध्यक्षको विरोध, प्रमुख प्रशासकीय अधिकृतलाई बिदा पठाउने निर्णय र उपमेयर डंगोलको असहमति लगायतका घटनाले महानगरको प्रशासनिक विवाद झनै जटिल बनेको छ। ओलीले दिएको व्यङ्ग्यात्मक टिप्पणी र बालेनको सामाजिक सञ्जालमार्फत प्रतिक्रमणले सम्बन्धलाई व्यक्तिगत टकरावमा परिणत गरेको देखिन्छ।

बालेनले सांसदमाथि लगाएको गम्भीर आरोप हटाइएपछि ‘ओली अनफोलो अभियान’ सुरु भएको थियो। यसका कारण सामाजिक सञ्जालमा नयाँ बहसको जन्म भएको थियो। गणतन्त्र दिवसको बैठकमा बालेनको अनुपस्थितिलाई लिएर ओलीको कटाक्ष र बालेनको कडा प्रतिक्रिया पछि तकरार अझ चुलिएको छ। यो द्वन्द्व अब दुई नेताको मात्र नभई पुस्तान्तरण, संघ–स्थानीय सम्बन्ध र राजनीतिक संस्कृतिको विमर्शको केन्द्र बनेको छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया