Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ ८, २०८२
Wednesday, May 21, 2025

टोकियो – कोभिड-१९ महामारीको अन्त्यसँगै सन् २०२४ को मार्चमा समाप्त भएको आर्थिक वर्षमा विदेशमा अध्ययन गर्ने जापानी विद्यार्थीहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाले वृद्धि भई ८ लाख ९ हजार १७९ पुगेको एक सरकारी संस्थाको हालैको सर्वेक्षणले देखाएको छ । जापान विद्यार्थी सेवा सङ्गठन (JASSO) द्वारा गरिएको सर्वेक्षणले कीर्तिमानी संख्यालाई उजागर गरेको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या भने ३ लाख ३६ हजार ७०८ पुगेर कीर्तिमानी कायम भएको छ । यो सङ्ख्या सन् २०२० को सुरुमा महामारी फैलिएपछिको अवस्थाभन्दा बढी हो । यसको मुख्य कारण जापानको संस्कृतिप्रतिको बढ्दो आकर्षण र येनको अवमूल्यनलाई मानिएको छ ।

यो सर्वेक्षण जापानका विश्वविद्यालय र व्यावसायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी गरिएको थियो । स्नातकलगत्तै सीधै विदेशी विश्वविद्यालयमा भर्ना भएका उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई यसमा समावेश गरिएको थिएन । जापानले सन् २०३३ सम्ममा विदेशमा अध्ययन गर्ने स्वदेशी विद्यार्थीहरूको सङ्ख्या वार्षिक ५ लाख पुर्‍याउने लक्ष्य राखेको छ । शिक्षा मन्त्रालयले विद्यार्थीहरूले अध्ययन बिदा नलिईकनै अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्न सक्ने व्यवस्थाहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता जनाएको छ ।

अध्ययन अवधिको आधारमा, एक महिनाभन्दा कम समयका लागि विदेश जानेहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेर ५७ हजार ४४ पुगेको छ । त्यस्तै, छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि जानेहरूको सङ्ख्या १० हजार ४२० र एक वर्ष वा सोभन्दा बढी अवधिका लागि जानेहरूको सङ्ख्या २ हजार १२२ रहेको छ ।

जापानी विद्यार्थीहरूका लागि सबैभन्दा लोकप्रिय गन्तव्यहरूमा संयुक्त राज्य अमेरिका (१३,५१७ विद्यार्थी), अस्ट्रेलिया (९,१६३ विद्यार्थी) र दक्षिण कोरिया (८,३८४ विद्यार्थी) रहेका छन् । चीनमा अध्ययन गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६५१.३ प्रतिशतले वृद्धि भई ३,१३३ पुगेको छ भने ताइवान जानेहरूको सङ्ख्या १८१.५ प्रतिशतले बढेर ५,०४८ पुगेको छ ।

सन् २०२४ मे महिनासम्मको तथ्याङ्कअनुसार, जापानका विश्वविद्यालय, व्यावसायिक विद्यालय र भाषा विद्यालयहरूमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या २०.६ प्रतिशतले बढेको छ । विशेषगरी नेपाल र म्यानमारबाट आउने विद्यार्थीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।

विदेशी विद्यार्थीहरूमध्ये २ लाख २९ हजार ४६७ जना विश्वविद्यालय र व्यावसायिक विद्यालयहरू लगायतका उच्च शैक्षिक संस्थाहरूमा अध्ययनरत थिए, जुन २१.७ प्रतिशतको वृद्धि हो । अन्य १ लाख ७ हजार २४१ जना भाषा विद्यालयहरूमा अध्ययनरत थिए, जसमा १८.२ प्रतिशतको वृद्धि देखिएको छ ।

तपाईको प्रतिक्रिया