काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले तीन उम्मेदवारको नाम अघि सारेको छ ।
मंगलबार सम्पन्न समितिको बैठकले अर्थशास्त्री प्रा.डा. विश्व पौडेल, नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईलाई गभर्नर पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्को आजै जारी बैठकबाट गभर्नर नियुक्तिको निर्णय हुने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंकमा चैत २४ गतेदेखि गभर्नर पद रिक्त रहँदा डेपुटी गभर्नर ढुंगानाले कार्यवाहकको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् । अब राजनीतिक सहमतिमा टुंगो लागेपछि सिफारिस गरिएका तीन नाममध्ये एकजनालाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरिनेछ ।