Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि तत्काल वार्ता हुने संकेत दिएका छन् । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको दुई घण्टा लामो टेलिफोन संवादपछि ट्रम्पले यो घोषणा गरेका हुन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पुटिनसँगको कुराकानी ‘सौहार्दपूर्ण र सकारात्मक’ भएको उल्लेख गर्दै ट्रम्पले दुवै पक्षको प्रत्यक्ष वार्ता नै स्थायी शान्तिको आधार बन्ने स्पष्ट पारे । ‘यो युद्ध अब धेरै दिन चल्न सक्दैन,’ ट्रम्पले सामाजिक सञ्जालमार्फत भने, ‘शान्तिका लागि अमेरिका र केही युरोपेली देशहरू निर्णायक भूमिकामा रहनेछन् ।’

रुसी राष्ट्रपति पुटिनले पनि शान्ति स्थापना गर्न युक्रेनसँग वार्ताका लागि आफू तयार रहेको बताएका छन् । यद्यपि, युरोपेली मुलुक र अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामबारे भने पुटिनले कुनै स्पष्ट धारणा दिएका छैनन् ।

ट्रम्पले पुटिनसँग वार्ता गर्नु अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि फोन गरेका थिए । वार्ताका क्रममा ट्रम्पले युक्रेनसम्बन्धी कुनै पनि निर्णय सल्लाहमै गरिनुपर्ने कुरामा जोड दिएका थिए ।

जेलेन्स्कीले स्थायी शान्तिको पक्षमा आफू सदैव तयार रहेको दोहोर्‍याउँदै रुसले यसलाई अटेर गरे कडा प्रतिबन्ध लागु गरिनुपर्ने चेतावनीसमेत दिएका छन् । ‘वार्ताका प्रस्तावहरू आएपछि मात्र निर्णय गर्न सकिन्छ,’ जेलेन्स्कीको भनाइ छ।

युद्धको सुरुयता यता अमेरिकी नेतृत्वमा पश्चिमी मुलुकहरू युक्रेनको पक्षमा रहँदै आएका छन् । तर हालको घटनाक्रमले आगामी दिनमा युद्ध अन्त्यका सम्भावना बढेका संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया