Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ ६, २०८२
Monday, May 19, 2025

काठमाडाैं – इजरायलले १० हप्तासम्मको नाकाबन्दीपछि गाजामा ‘भोकमरीको संकट नहोस्’ भन्ने सुनिश्चित गर्नको लागि ‘आवश्यक मात्रामा खाद्यान्न’ प्रवेश गर्न दिने घोषणा गरेको छ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा यो निर्णय इजरायली रक्षा बल (IDF) को सिफारिसमा लिइएको जनाएको छ । जसले हालै पुनः सुरु गरेको हमासविरुद्धको सैनिक अभियानलाई सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

यो घोषणा आइतवार इजरायली सेनाले गाजाभर ‘व्यापक जमीनी कारबाही’ सुरु गरेको केही घण्टापछि आएको हो ।

नाकाबन्दीको क्रममा गाजामा खाद्य, इन्धन वा औषधिहरू प्रवेश गर्न दिइएको थिएन, जसले गर्दा अन्तर्राष्ट्रिय दबाव बढिरहेको थियो । मानवीय सहायता संस्थाहरूले गाजाको २१ लाख जनसंख्याबीच भोकमरीको जोखिमबारे चेतावनी दिँदै आएका थिए, जहाँ कुपोषणका कारण अति दुब्ला र कमजोर शरीर भएका बालबालिकाको दृश्यहरू देखिन थालेका छन्।

फ्रान्सका विदेशमन्त्री ज्यान-नोएल बारोटले इजरायललाई गाजामा तात्काल ठूलो मात्रामा र निर्वाध मानवीय सहायता प्रवेश गर्न दिन आग्रह गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि “गाजाली जनसंख्याका लागि आवश्यक मात्रामा खाद्य सामग्री प्रवेश गर्न दिइनेछ”, ताकि “भोकमरीको संकट नहोस्”, किनभने यस्तो स्थिति “ओपरेसन गिडिओन्स चारियट” नामक नयाँ सैनिक कारबाहीका लागि घातक हुन सक्नेछ । विज्ञप्तिमा इजरायलले हमासलाई मानवीय सहायता वितरणमा नियन्त्रण जमाउन नदिने पनि जनाएको छ ।

आइतवार बिहानै IDF ले उत्तर गाजास्थित एक अस्पतालसहितका स्थानहरूमा हवाई आक्रमण गरेको बताएको छ । इजरायलले गाजामा रहेका बन्धकहरूलाई मुक्त गर्न र हमासलाई पराजित गर्ने आफ्नो लक्ष्य रहेको जनाएको छ । दक्षिणी सहर खान युनिस, उत्तरका बेत लाहिया र जबालिया शरणार्थी शिविरमा आक्रमण भएको उद्धारकर्ताहरूले जनाएका छन् । गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा ६७ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन्।

गाजाको मुख्य आपतकालीन सेवा, सिभिल डिफेन्सले बताएको अनुसार दक्षिणको अल-मावासी शिविर, जुन पहिले ‘सुरक्षित क्षेत्र’ घोषणा गरिएको थियो, त्यहाँ रातभरको आक्रमणमा २२ जनाको मृत्यु र १०० जना घाइते भएका छन् । इजरायली सेनाले आइतवार ‘अन्तिम चेतावनी’ दिँदै रकेट आक्रमणका लागि प्रयोग भएका क्षेत्रहरूमा शक्तिशाली आक्रमण गरिने र मानिसहरूलाई पश्चिमतर्फको आश्रयस्थल अल-मावासीमा सर्न आग्रह गरेको छ । उत्तर गाजाका तीन सार्वजनिक अस्पतालहरू अहिले ‘बन्द अवस्थामा’ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बेत लाहियास्थित इन्डोनेसियन अस्पतालमा कार्यरत चिकित्सकहरूले बीबीसीलाई राति करिब ९:४० बजे जानकारी दिँदै IDF का ट्यांकहरू अस्पताल बाहिर पुगेको र गोली हानीरहेको बताएका थिए। अस्पतालमा ५५ जना मानिस थिए, जसमा चार डाक्टर र आठ नर्ससहित गम्भीर अवस्थामा रहेका बिरामी थिए जसलाई स्थानान्तरण गर्न सकिएको थिएन । झण्डै एक घण्टापछि उनीहरूले IDF त्यहाँबाट बाहिरिएको बताएका छन्।

IDF ले इन्डोनेसियन अस्पताल आसपासको क्षेत्रमा आतंकवादी पूर्वाधार केन्द्रहरू विरुद्ध लडिरहेको बताएको छ । तर, अस्पतालका चिकित्सकहरूले आक्रमणअघि कुनै चेतावनी नदिइएको र अस्पतालमा कुनै सैन्य लक्ष्य नरहेको बताएका छन् ।

यसबीच इजरायल र हमासबीच कतारमा युद्धविरामको लागि वार्ता जारी छ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार इजरायली वार्ता टोलीले सम्भव सबै प्रयासहरू गरिरहेको बताइएको छ । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, प्रस्तावमा ‘सबै बन्धकहरूको रिहाइ, हमास लडाकुहरूको निर्वासन र गाजा पट्टीको निशस्त्रीकरण’ समावेश हुनेछ।

तर, हमासका एक वरिष्ठ स्रोतले बीबीसीलाई भने ‘इस्रायली अडान परिवर्तन नभएकाले वार्तामा हालसम्म कुनै प्रगति भएको छैन ।’ हमासले सबै बन्धकहरू एकैचोटि रिहा गर्न सकिने इच्छा व्यक्त गरेको छ, तर पूर्ण र स्थायी युद्धविरामको सर्तमा मात्र, जुन इजरायलले अस्वीकार गर्दै आएको छ । हमासले ‘आंशिक वा अस्थायी सम्झौता’ स्वीकार नगर्ने स्पष्ट पारेको छ । स्रोतका अनुसार हमासले सबै इजरायली बन्धकहरूको सट्टा एक साङ्केतिक संख्यामा प्यालेस्टिनी बन्दीहरू रिहा गर्न, इजरायली फौजको पूर्ण फिर्ता र मानवीय सहायता प्रवेश गर्न दिनुपर्ने प्रस्ताव राखेको छ ।

१८ मार्चमा अस्थायी युद्धविराम भंग भएपछि पुनः सुरु गरिएको इजरायली आक्रमणमा हजारौं मानिसको मृत्यु भइसकेको छ । इजरायली सेनाले यस अभियानमार्फत ‘युद्धका सबै लक्ष्यहरू प्राप्त गर्ने, जसमा बन्धकको रिहाइ र हमासको पराजय समावेश रहेको बताएको छ । तर बन्धक परिवारहरूको समूहले भने अभियानले गाजामा अझै बाँकी रहेका बन्धकहरूलाई ‘गम्भीर खतरा’ पुर्‍याएको जनाएको छ ।

‘रिहा भएका बन्धकहरूले युद्धपछिका दिनहरूमा थप दुर्व्यवहार, बाँधेर राख्ने कार्य र खाना कटौतीको जस्ता समस्या भोगेको बन्धक तथा हराएका परिवार फोरमले जनाएको छ ।

यो युद्ध ७ अक्टोबर २०२३ मा हमासको आक्रमणबाट सुरु भएको हो, जसमा करिब १,२०० इजरायली नागरिक मारिए र २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो । हालसम्म करिब ५८ जना बन्धक गाजामा रहेका छन्, जसमा २३ जनासम्म जीवित रहेको विश्वास गरिन्छ । इजरायली अभियानमा हालसम्म ५३,००० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ***

तपाईको प्रतिक्रिया