काठमाडौं – अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको अन्ततः सम्बन्ध विच्छेद भएको छ । गत भदौमा बिवाह गरेका उनीहरूले आठ महिनामै सम्बन्ध विच्छेद (डिभोर्स) गरेका हुन्। अरुणिमाले गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । युवराजले गत आइतबार अर्थात वैशाख २८ गते सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन् ।
जुन कुरा स्वयम युवराजले टिकटक लाइभमा पृष्टि गरेका छन् । हालै टिकटक लाइभमा युवराजले भने, ‘मैले बैशाख २८ गते दिनको ४ः१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो । बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ ।’
अदालत स्रोतका अनुसार अरुणिमाले सम्पत्तिमाथिको दावी छोडेपछि मिलापत्र भएको हो । यसअघि सम्बन्धविच्छेदको मुद्दामा उनले युवराजको सम्पत्तिलाई ६ भाग लगाएर एक भाग आफूले पाउनुपर्ने मागदाबी गरेकी थिइन् । तर, अन्तमा उनी सम्पत्ति नलिइकन सम्बन्ध तोड्न तयार भएकी हुन् ।
बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका युवराज नेपाली कांग्रेसका नेता हुन् । अरुणिमाले युवराजलाई आफूसँग ढाँटेर बिहे गरेको आरोप लगाएकी थिइन् । अरुणिमाको यो दोस्रो बिहे थियो । यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् । पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग मागी बिहे गरेकी थिइन् ।