Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025

काठमाडौं – आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम लिग खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर थ्री चरणमा प्रवेश गर्न सफल भएको छ । बिहीबार बहराइनमाथि ६ विकेटको महत्त्वपूर्ण जित निकाल्दै नेपालले सुपर थ्रीको ढोका आधा खोलेको थियो । शुक्रबार वर्षाले बाँकी ढोका पनि खोलिदियो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले समूह चरणमा ४ खेलमध्ये २ जित, १ हार र १ रद्द नतिजासहित ५ अंक जोडेको थियो। उता, हङकङले पनि १ जित, २ रद्द र १ हारसहित ५ अंक नै बटुल्न सफल भयो । तर विजय संख्या बराबरी हुँदा नेपालले २ जित तथा हङकङले १ मात्र जितेको आधारमा नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुगेको हो । बहराइन भने २ अंकमा सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि प्रतियोगितामा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहको विजेता टोली मात्र सुपर थ्री चरणमा पुग्ने व्यवस्था रहेको थियो । नेपाल समूह ‘बी’ को विजेता बनेको हो । अन्य दुई समूहबाट संयुक्त अरब इमिरेट्स (यूएई) र थाइल्यान्ड सुपर थ्रीमा प्रवेश गरेका छन् ।

ग्लोबल छनोट नजिकै
अब सुपर थ्री चरणमा नेपाल, यूएई र थाइल्यान्डबीच राउन्ड रोबिन प्रारूपमा प्रतिस्पर्धा हुनेछ । यस चरणमा पहिलो चरणमा कमाएका अंक पनि समेटिने भएकाले हरेक खेलले निर्णायक भूमिका खेल्नेछ ।

सुपर थ्रीको शीर्ष दुई स्थान हासिल गर्ने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ, जहाँबाट अन्ततः २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा पुग्ने सपना साकार गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया