Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हाल देखिएको विद्युत् अवरोध प्राविधिक कारणले भएको स्पष्ट पारेका छन्। शुक्रबार स्युचाटारस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले हावाहुरीका कारण ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट प्रसारण लाइनमा समस्या आएपछि काठमाडौंसहित केही स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको बताए।

उक्त लाइनबाट भारतबाट नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिँदा जनतामा लोडसेडिङ सुरु हुने भ्रम फैलिएको उनले बताए। तर, प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेको छ। शाक्यका अनुसार हाल देशभर करिब १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने पिक आवरमा माग २ हजार मेगावाट पुग्ने गर्छ। तर, प्रसारण लाइनले लोड धान्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको हो।

उनले प्रणाली नियन्त्रणमा बसेर अवलोकन गर्दा प्रसारण लाइनको क्षमता सीमा नाघ्दा लाइन ट्रिप हुने र उपत्यकाको माग धान्न अन्य क्षेत्रको विद्युत् चार्ज गर्दा समस्या देखिएको जानकारी दिए। दीर्घकालीन समाधानका लागि समय लाग्ने समेत उनले उल्लेख गरे।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया