Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025

काठमाडौँ – यस वर्षको प्रतिक्षित हलिउड फिल्म ‘सुपरम्यान’को ट्रेलर सार्वजनिक भएसँगै डीसी फ्यानहरूबीच नयाँ चर्चा सुरु भएको छ। निर्देशक जेम्स गनले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा सुपरम्यान जनताको सेवामा समर्पित पात्रबाट एकाएक विवादित र संकामा परेका व्यक्तिमा रूपान्तरण भएको देखिन्छ।

साढे तीन मिनेटको यो ट्रेलर डीसीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो, जसले सार्वजनिक भएपछि छोटो समयमै भाइरल बनिरहेको छ। ट्रेलरको सुरु एक अन्तर्वार्ताबाट हुन्छ, जहाँ सुपरम्यानलाई तीव्र र विवादास्पद प्रश्नहरू सोधिन्छ— “तपाईंविरुद्ध हालसालै धेरै आरोप लागेका छन्, के तपाईंमाथि अनुसन्धान चलिरहेको छ?”

सुपरम्यान अब मात्र नायक होइन, राजनीति र जनमतको द्वन्द्वमा परेको व्यक्ति बनेका छन्। जनताको भलाइ गर्दा गर्दै उनै जनताको नजरमा अपराधी देखिन थालेका छन्। डेभिड कोरेनस्वेटले सुपरम्यानको भूमिका निभाएका छन् भने राहेल ब्रोस्नाहन पनि प्रमुख भूमिकामा देखिँदैछन्। साथै, ट्रेलरमा सुपरम्यानको कुकुर ‘क्रिप्टो’ ले पनि दर्शकको ध्यान तानेको छ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया