Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – हालै सार्वजनिक भएको बेलायती सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा शरणको लागि आवेदन दिनेहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भई ८४,२०० पुगेको छ। जुन अघिल्ला दशकको औसतभन्दा तीन गुणा बढी हो। सन् २०११ देखि २०२० सम्म वार्षिक औसत २७,५०० मात्र थियो।

प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा सबै कानुनी विकल्प समाप्त भइसकेका शरणार्थीहरूलाई देश फिर्ता पठाउन विभिन्न मुलुकहरूसँग ‘फिर्ती केन्द्र’ स्थापना गर्ने वार्ता सुरु गरेका छन्। वर्तमानमा २ लाख २४ हजारभन्दा बढी शरणसम्बन्धी मुद्दाहरू प्रक्रियामा छन्, जसमा ८७ हजारभन्दा बढी प्रारम्भिक निर्णयको पर्खाइमा छन्। अस्वीकृत आवेदनको दर पनि पुनःवृद्धि भई २०२४ मा ५३ प्रतिशत पुगेको छ। त्यस्तै, ९ हजारभन्दा बढी अस्वीकृत आवेदकहरूलाई देश छाड्न निर्देशन दिइएको छ।

सन् २०१८ यता अस्थायी डुङ्गाबाट इङ्लिस च्यानल पार गर्नेहरूको संख्या एक लाख ४८ हजार नाघेको छ, जसको ९५ प्रतिशतले शरण मागेका थिए। सन् २०२५ को प्रारम्भिक अवधिमा मात्रै १३ हजारले च्यानल पार गरिसकेका छन्। सन् २०२४ मा पाकिस्तान शरण खोज्नेको प्रमुख स्रोत देश बनेको छ, जहाँ अघिल्ला वर्षहरूमा सिरिया र इरान अग्रस्थानमा थिए।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया