Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको नाममा सुरु गरिएको ‘सगरमाथा संवाद’ केवल सम्मेलन नभई पृथ्वी, महासागर र मानव सभ्यताको संरक्षणप्रति समर्पित विश्वव्यापी पहल भएको स्पष्ट पारेका छन्।

नेपाल सरकारले पहिलोपटक आयोजना गरेको यो संवादका उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले हिमालको संरक्षणलाई पृथ्वी र मानव जातिको अस्तित्वसँग जोडिएको वास्तविकता स्वीकार गर्दै, यसै आधारमा इमानदार संवाद, ज्ञानको आदानप्रदान र साझा पहलको आवश्यकता रहेको बताए। उनले यही सोचबाट प्रेरित भई सगरमाथाको नाममा यस्तो अन्तर्राष्ट्रिय संवाद सुरु गरिएको बताए।

‘आशा गर्छौं, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ । तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घरबासहरू पहिराले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ । यसविरुद्ध हामी डटिरहेका छौँ ।’

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया