Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

काठमाडौं – राजधानीको कलंकीस्थित एक होटलमा दुई युवकमाथि योजनाबद्ध रूपमा लुटपाट र डकैतीको घटना भएको छ । आफूलाई प्रहरी दाबी गर्दै डरत्रास देखाएर नगदसहित लाखौं रुपैयाँ लुटेको आरोपमा दुई युवतीसहित आठ जना पक्राउ परेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा युवतीमार्फत झुक्याई लगिएका दुई युवकमाथि छ जना पुरुषले नक्कली प्रहरी बनेर धाकधम्की दिएका थिए । पीडितको भनाइअनुसार, ती व्यक्तिहरुले विभिन्न मुद्दामा फसाइदिने तथा बोले वा कराए ज्यान लिने धम्की दिंदै ३ लाख ६३ हजार रुपैयाँ माग गरेका थिए । डरले पीडितहरूले साथमा रहेको नगद र बैंक खाताबाट रकम झिकेर बुझाएका थिए ।

तर पछि ती ‘प्रहरी’ वास्तवमा नक्कली भएको थाहा पाएपछि पीडितले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा डीएसपी रोशन खड्काको नेतृत्वमा अनुसन्धान टोलीले घटनामा संलग्न आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय सन्दीप बिक, २५ वर्षीय अतीत क्षेत्री, २२ वर्षीय बादल तामाङ, गैँडाकोट घर भएका अनीश केसी, चितवनकै विवेक मल्ल ठकुरी, लमजुङ घर भएकी सक्रिया खनिया र सुनसरी घर भएर कपन बस्ने कविता राई छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ५२ हजार रुपैयाँ नगद, विभिन्न कम्पनीका ९ वटा मोबाइल फोन र एउटा मोटरसाइकल पनि बरामद गरेको जनाएको छ । प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, पक्राउ परेकालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया