Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

टोकियो – जापानमा डिजिटल एपमार्फत तलब भुक्तानी गर्ने सुविधा सुरु भएको दुई वर्ष बितिसक्दा पनि यो विधि अपेक्षाकृत लोकप्रिय बन्न सकेको छैन । नगदप्रेमी देशका रूपमा चिनिएको जापानमा क्रमशः क्यासलेस प्रणालीतर्फको यात्रा भइरहे पनि तलब एपमार्फत लिन इच्छुक कर्मचारीको संख्या अझै सीमित छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाल जापानभर १०० भन्दा बढी कम्पनीले सरकारले मान्यता दिएको मोबाइल भुक्तानी एप ‘पेपे (PayPay)’ मार्फत तलब वितरणको सुविधा सुरु गरिसकेका छन् । तर, हालै MMD Labo नामक अनुसन्धान संस्थाले गरेको २० हजार जनाको सर्वेक्षणमा १८ देखि ६९ वर्ष उमेर समूहका केवल २ दशमलव ८ प्रतिशतले मात्र आफूले एपमार्फत तलब लिने गरेको बताएका छन् । यद्यपि, ६१ दशमलव ९ प्रतिशतले भने यस्तो विकल्प उपलब्ध हुने जानकारी रहेको बताएका थिए ।

हालसम्म चार वटा एप कम्पनीहरूले तलब भुक्तानी सेवा सुरु गरिसकेका छन् । तर विज्ञहरूका अनुसार यो विधि लोकप्रिय हुन अझै आम कर्मचारीले यसको स्पष्ट फाइदा देख्नुपर्नेछ । एपमार्फत तलब भुक्तानी सुविधा हाल मुख्यतः स्थायी कर्मचारीलाई मात्र सिमित छ । यद्यपि, छिटो तलब पाउने चाहना राख्ने अंशकालिक कामदारहरू यस प्रणालीप्रति बढी आकर्षित हुन सक्ने विज्ञहरूको धारणा छ ।

हालको कानुनी ढाँचाअनुसार कुनै कम्पनीले कर्मचारीको तलब एपमार्फत दिन चाहेको खण्डमा सम्बन्धित कर्मचारीको सहमति अनिवार्य हुन्छ । गाईको मासुयुक्त बोलको परिकार बेच्ने लोकप्रिय रेष्टुरेन्ट श्रृंखला योशिनोया कम्पनीले यस वर्षको अप्रिलदेखि पेपे एपमार्फत तलब दिन थालेको छ । झन्डै २,३०० कम्पनीहरूमध्ये ८० प्रतिशतले यस्तो सुविधा सुरु गर्ने योजना नराखेको पनि उक्त सर्वेक्षणमा देखिएको छ ।

यद्यपि, एपमार्फत तलब भुक्तानीमा खासै उत्साह नदेखिए पनि, जापानीहरूमा नगद प्रयोगको मोह बिस्तारै घट्दै गएको संकेत देखिएको छ । २०२४ मा देशभर गरिएको आर्थिक कारोबारमध्ये ४० प्रतिशतभन्दा बढी क्यासलेस माध्यमबाट सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ । यो लक्ष्य सरकारले तोकेको समयभन्दा एक वर्ष अघिनै हासिल भएको हो ।

तपाईको प्रतिक्रिया